सबैखाले विमतिको समाधान राजनैतिक संवाद : काङ्ग्रेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सबैखाले विमतिको समाधान राजनैतिक संवाद : काङ्ग्रेस

सारांश

  • काठमाडौँ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ।
  •   काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पारेको हो।
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ। 
काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पारेको हो। काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरे। 
“नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न । अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न काङ्ग्रेस सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ। 
दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यसको मूल नेतृत्व काङ्ग्रेसले गरेको उल्लेख गर्दै उहाँले आजको मितिमा हिंसात्मक विद्रोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान भित्रैबाट विश्वासमा लिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वलाई पहल गर्न अपिल गरेका छन्। 
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसक्नुभएको र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन सत्तारूढ दल नेकपा नेतृत्वलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसकेकाे  विज्ञप्तिमा जनाइएको छ। 
प्रवक्ता शर्माले काङ्ग्रेसको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रस्ट्याउँदै लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको श्वास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराएका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
राष्ट्रिय जनमोर्चाका यी दुई महिला नेतृ भए प्रदेशसभा सदस्य
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
Assembly A Foreign Spouse Through Cost-free Dating Sites
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?