सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते

सारांश

  • काठमाडौं, ३० भदौ ।
  • सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
  • सो घटनामा परी २३ जना घाइते भएका छन् ।

काठमाडौं, ३० भदौ । सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । सो घटनामा परी २३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका ९ का २६ वर्षीय नथुनी राय यादव र सोही ठाउँकी १९ वर्षीया अन्जु साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यादव र साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस ब्रहम्पुरी २ महादेव पोखरी नजिक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको हो । पट्टा भाँचिदा यात्रुले बस रोक्न भन्दा चालकले बस नरोकेपछि दुर्घटना भएको घाइते भएका मनोज साहले बताए ।

मृतकको शव अहिले सर्लाही अस्पताल मलंगवामा राखिएको छ । केही घाइतेको उपचार सर्लाही अस्पतालमा भइरहेको छ भने केहीको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
आजको पत्रपत्रिकाका मुख्य मुख्य हेडलाईन हरु !
आजको पत्रपत्रिकाका मुख्य मुख्य हेडलाईन हरु !
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ
नेपाल प्रहरीको प्रवक्तामा कडायत
नेपाल प्रहरीको प्रवक्तामा कडायत
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध

तपाईंले छुटाउनुभयो कि?