प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
सारांश
- काठमाडौं—आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ।
- माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्।
- पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्।
काठमाडौं—आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्।
पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्।
आर्यघाट ल्याउनुअघि शवलाई अन्तिम श्रद्धमाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ माओवादी एवं अन्य पार्टीका नेताहरुले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया