हात्तीको आक्रमणमा परी एकको मृत्यु
सारांश
- पर्सा, ७ पुस ।
- पर्सामा आज बिहान हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
- ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।
पर्सा, ७ पुस । पर्सामा आज बिहान हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।
मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय खुल्न सकेकोे छैन । मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भएको प्रहरीले बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया