प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
सारांश
- काठमाडौं, ४ माघ ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेट्न खोज्दै हुनुहुन्छ ?
- भेट्न नसकेर आजित हुनुभएको छ ?
काठमाडौं, ४ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेट्न खोज्दै हुनुहुन्छ ? भेट्न नसकेर आजित हुनुभएको छ ? अब प्रचण्डलाई भेट्ने यस्तो सजिलो तरिका आएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएको हो । सचिवालयका अनुसार प्रचण्ड आफैले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट्न पाउने छैनन् ।
पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयले अध्यक्ष प्रचण्डसँग भेटघाटको समय मिलाउनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी ९९८५२०२५५१७०, कार्यालय सचिवहरु श्रीराम ढकाल ९९८५१०४५७९९०, प्रकाश पोखरेल ९९८५१२२५४४०० वा कार्यालयको फोन ०१–४६०२२९० र ०१–४६०२२८८ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
རཇུ ཏཔང
यो मुजि हत्यरा अतकंकारी को हो र भेट्नलाई ??
Dipesh BC
तँ जस्ता आलु पाँरेलाई के थाहा प्रचण्ड को हो भनेर
Dhiraj Jayswal
Good work
Mohan Kayasta
No.