सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै

सारांश

  • काठमाडौँ ।
  • भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
  • विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न गरेर शुक्रबार बिहान क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न गरेर शुक्रबार बिहान क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिने भएको छ ।

रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण भएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत स्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माण गरिएको हो । भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्ध गरियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको हो ।

दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य भएको बताउँछन् ।

सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउँछन् ।

जीर्ण मन्दिर भत्काउने क्रममा मन्दिरभित्र भैरव लगायत विभिन्न देवी देवताका चित्र, तीन गजुरको मन्दिर लगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद् लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो ।

सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो । सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्र लगायत संरचना भेटिएको थियो ।

पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले जस्तै पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्था अनुसार कोषलाई सुझाव दिए अनुसार नै काम भएको बताउँछन् । माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उनले सुनाए । माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र यथावत् राखिएको छ ।

विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेर सुझाव दिएको हो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको थियो ।

ऐतिहासिक पृष्ठभूमि

जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।

मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

यो उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

गोपाल र किराँत शासनकालको राजधानी यो ठाउँ थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाई छ । ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र भएपनि यहाँका सम्पदाको संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
चीन र अमेरिका आमने सामने, एकाएक बिग्रियो सम्बन्ध
चीन र अमेरिका आमने सामने, एकाएक बिग्रियो सम्बन्ध
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग
टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग
मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)
मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
खतिवडा र रेग्मीलाई राजदूतमा रोक्ने खोजिएपछि संसदीय समितिबाट हिजै अनुमोदन
निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै
निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै