प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान

सारांश

  • रौतहट, १३ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
  • बिहीवार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।
  • ’ अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए ।

रौतहट, १३ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।

बिहीवार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै उनले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरूबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।

अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Krishna Gurmachhan Magar

    Good

    Comment Author

    Dipak Thapa

    Ab ta utreko utrei ho

    Comment Author

    Krishna Shrestha

    बिदेसिले तेरो दिमागमा ताल्चा लगायको छर?/यकता गरे भैगोनि/ यत्रो देसि बिदेसि सक्ति लाई दोष दि रहनु?

    Comment Author

    Kumar Singh Khadka

    देसि बिदेसी भन्दा पनि बिपक्षी हरु छन भन्नुभएको भए हुने ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?