प्रचण्डले पत्रकारहरुलाई के भने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्डले पत्रकारहरुलाई के भने ?

सारांश

  • बाँके।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिग रहेको स्पष्ट पारेका छन् ।
  • सुर्खेतबाट धनगढी जाने क्रममा गाभर भ्यालीमा पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्चडले सो कुरा बताएका हुन् ।

बाँके। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिग रहेको स्पष्ट पारेका छन् । सुर्खेतबाट धनगढी जाने क्रममा गाभर भ्यालीमा पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्चडले सो कुरा बताएका हुन् ।

‘देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न, आर्थिक सम्बृद्धिको वातावरण बनाउन र राष्ट्रलाई एकताबद्ध गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव फेरी दर्ता गराउन सकिने भन्ने दिएको अभिव्यक्ति असान्दर्भिक भएको उनले बताए ।

प्रचण्डले नेपालको आन्तरिक समस्या नेपालमै समाधान गर्न सकिने पनि बताए । उनले प्रधानमन्त्री देउवाको भारत भम्रण समग्रमा सफल रहेको निष्कर्ष निकालेका छन् । प्रचण्डले भने,‘विगतमा भएका सहमति कार्यान्वयनमा बढी जोड दिनु र विवाद नभएको विषयमा मात्र प्रधानमन्त्री प्रवेश गरेकोले भम्रण सार्थक भएको मैले बुझेको छु ।’

अध्यक्ष प्रचण्डले प्रदेश र केन्द्रको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।दुवै निर्वाचन एकैसाथ सम्पन्न गरी संविधान कार्यान्वन सुनिश्चित गर्नका लागि सरकार र माओवादी केन्द्रको ध्यान केन्द्रीत भएको पनि प्रचण्डले बताए ।

उनले नं. २ प्रदेशमा असोज २ मा हुने स्थानीय तह निर्वाचन सफल हुने बताए । दुवै चरणको निर्वाचनपछि देश राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धि तिर अगाडि बढ्ने प्रचण्डको विश्वास छ ।

प्रदेश र केन्द्रको निर्वाचनमा संविधान संशोधन पक्षधरको दुई तिहाई बहुमत भए फेरी प्रस्तुत गर्न सकिने बताए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेलाई टुंगिएको छ, दुई तिहाई वहुमत आएपछि प्रस्ताव फेरी ल्याउन सकिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?