प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
सारांश
- चितवन, मंसिर २४ – चितवनमा अहिले मतगणना भैरहेको छ ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट चुनाव लडे पछि सबैको ध्यान चितवनको मतगणना तर्फ केन्द्रित भैरहेको छ ।
- एमाले अध्यक्ष केपी ओली झापा र कांग्रेस सभापति डडेल्धुराबाट निर्वाचित भैसक्दा प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भने सुस्त गतिमा मतगणना चलिरहेको छ ।
चितवन, मंसिर २४ – चितवनमा अहिले मतगणना भैरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट चुनाव लडे पछि सबैको ध्यान चितवनको मतगणना तर्फ केन्द्रित भैरहेको छ ।
एमाले अध्यक्ष केपी ओली झापा र कांग्रेस सभापति डडेल्धुराबाट निर्वाचित भैसक्दा प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भने सुस्त गतिमा मतगणना चलिरहेको छ ।
चितवन ३ मा कांग्रेसको समर्थनमा चुनाव लडेका बिक्रम पाण्डेर प्रचण्डको चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानिरहेको समयमा माओवादी अध्यक्ष प्रचण्ड भने एक पटक पनि मतगणनास्थल पुग्नुभएको छैन् ।
चुनावी प्रचारका लागि निकै खटेर लाग्नुभएका प्रचण्ड चुनाव सम्पन्न भएपछि एकपटक पनि गणनास्थलमा पुग्नुभएको छैन् ।
उहाँ चितवन वा काठमाडौं कहाँ हुनुहुन्छ त्यो पनि जानकारी छैन् । उहाँका प्रत्यासी पाण्डे भने गणना सुरु हुनुभन्दा अगाडि गणनास्थलमा पुग्नुभएको थियो ।
प्रतिक्रिया