यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
सारांश
- जीवनराम श्रेष्ठ एकजना चर्चित एवं स्थापित नेता हुनुहुन्छ ।
- उहाँको सिंगो जीवन नै राजनीति र देशको गौरव बढाउने खेल क्षेत्रको अग्रपंक्तीमा आउँछ ।
- यही २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका लागि साझा उम्मेदवार बन्नु भएका श्रेष्ठको व्यक्तित्व आफैमा बहुआयामिक छ ।
जीवनराम श्रेष्ठ एकजना चर्चित एवं स्थापित नेता हुनुहुन्छ । उहाँको सिंगो जीवन नै राजनीति र देशको गौरव बढाउने खेल क्षेत्रको अग्रपंक्तीमा आउँछ । यही २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका लागि साझा उम्मेदवार बन्नु भएका श्रेष्ठको व्यक्तित्व आफैमा बहुआयामिक छ ।
वि.स. २०३६ सालको बिद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका उहाँ त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दार संगठक र नेकपा (एमाले) को स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा स्थापित हुनु भएको छ ।
स्थानीय राजनीतिबाट प्रशिक्षित उहाँ काठमाडौंको मुद्धालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउँने उदयमान युवा नेतृत्वको रुपमा चिनिनुहुन्छ । पञ्चायती निरंकुशता बिरुद्धको आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलनहरुको तापमा खारिएका उहाँ अहिले नेपालको राष्ट्रिय राजनीतिमा उपत्यकाका आशालाग्दा भविष्यको रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ ।
नेकपा (एमाले) भित्र खेलकुदको विषय प्रवेश गराउन उहाँको अग्रणी भूमिका रहेको छ । ‘स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मुख्य सिद्धान्तलाई नेपाली समाजमा स्थापित गराउनमा श्रेष्ठको विशेष भूमिका रहेकोछ । यहीं भूमिकाको कदर गर्दै उहाँ २०५३ सालमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त हुनुभयो । छ महिनाको छोटो कार्यकालमा पनि उहाँले सम्झन योग्य कार्यहरु गर्नुभयो । उहाँले चीन सरकारको सहयोगमा आठौँ साफ खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । ललितपुरको सातदोबाटोमा निर्मित अन्तराष्टिय प्रतियोगिता गर्नसकिने स्विमिङ पुल, सुटिङ रेन्ज, स्पोर्ट्स हस्पिटलको स्थापना, त्रिपुरेश्वरस्थित रंगशाला र अन्य खेलमैदानको स्तरबृद्धि उहाँकै योगदानहरु हुन् ।
बाल्यकाल
जीवनराम श्रेष्ठको जन्म बुवा कृष्णराम र आमा बसन्तमायाको कोखबाट २०२२ सालमा काठमाडौंको स्वयम्भू स्थित धिमेल्हों टोलमा भएको हो । निम्नमध्यम परिवारमा हुर्किएका उहाँ सानै देखि जुझारु र सरल स्वभावका हुनुहुन्थ्यो । स्थानीय स्कूलवाट अध्ययन सम्पन्न गर्नुभएका उहाँ ब्यवस्थापन बिषयमा स्नातक हुनुहुन्छ । पञ्चायतकालमा सिमित व्यक्तिहरुको पहूँच र प्रभाव बिना आमजनता माथि उक्लिने सम्भावना नभएको अवस्थाले उहाँलाई १४ बर्षको कलिलो उमेरमानै यस बिरुद्धको बिद्यार्थी आन्दोलनहरुले आकर्षित गर्यो ।
राजनीतिक जीवन
२०३६ को आन्दोलन पछि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनले उहाँलाई युवा नेतामा स्थापित गर्दैलग्यो । तात्कालीन नेकपा(माले) बाट शिक्षित हुंदै पार्टीको संगठन निर्माण, बिस्तार र नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक पूरा गर्ने क्रममा उहाँले २०४३ सालमा काठमाडौं वडा नं. १५ को सक्रीय दलको सचिव बनी भूमिगत पार्टीको बिस्तार कार्यमा महत्वपूर्ण भूमिका खेल्नु भयो ।
उहाँले २०४६ को जनआन्दोलनमा स्थानीय बिद्यार्थी तथा यूवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलनलाई उठाउने कार्य गर्नुभयो । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्था देखि नै सक्रिय उहाँ २०४८ सालमा प्ररायु संघको केन्द्रीय सदस्य हुंदै उपाध्यक्ष भएर कार्य गर्नुभएको थियो । संघिय गणतन्त्रको घोषणा पश्चात उहाँले पार्टीको भातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिका पनि खेल्नुभएको थियो ।
जनता बीचमा हुर्किएका उहाँ यसैबीचमा उहाँ २०४९ सालमा पहिलो पटक भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नंं. १५ को वडाअध्यक्षमा निर्वाचित हुनुभयो । यस जिम्मेवारीले उहाँलाई राजनीतिक सिद्धान्त मात्र होइन जनताका जल्दा बल्दा समस्याहरु बुझ्ने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने कौशलमा पारंगत बनायो ।
उहाँको कार्यकालमा बिकासमा निकै पछाडि परेको १५ वडामा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भए भने बर्षौंदेखि बेवास्ता गरिएको डल्लु आवास योजनाले गति लियोे । त्यतिबेला उहाँले काठमाडौं महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष जीवन मानन्धरको अस्वस्थता पछि उक्त वडाको समेत वडाअध्यक्ष भई कार्य गर्नुभएको थियो ।
देशको राजधानी भैकन पनि बत्तिमुनीको अँध्यारो जस्तै बनेको काठमाडौंलाई एक कर्मठ र सक्षम नेतृत्वको आवश्यकता छ । यहाँको साँस्कृतिक बैभवको संरक्षण, भौतिक पूर्वाधारहरुको बिकास र स्थानीय जनताका भावनाहरुको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्वलाई नयाँ सम्बिधानको परिधिमा कसरी परिभाषित गर्ने र स्थानीय जनताको हक अधिकारलाई कसरी संस्थागत गर्ने भन्ने चुनौती हाम्रो सामुन्नेमा छ । बातावरणीय प्रदुषणले आक्रान्त बनाउँदै लगेको उपत्यका र जनसंख्याको चापले थिलोथिलो बनेको शहरलाई कसरी व्यवस्थित र जिवन्त शहरको रुपमा उठाउने भन्ने अर्को चुनौती काठमाडौंले बोकेको छ ।
तात्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका बिरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्नुभयो । यहीँ सफलता र क्षमताको मुल्यांकन गर्दै उहाँ २०६५ सालकोे नेकपा (एमाले)को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटिमा निर्वाचित हुनुका साथै उहाँले काठमाडौं जिल्ला इन्चार्जको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०७१ सालको नवौँ महाधिवेशनबाट लोकप्रिय मतसहित उहाँ दोश्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
गत २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ मा उम्मेद्वार बन्दै निकटतम प्रतिस्पर्धी उहाँ त्यस यता निरन्तर रुपमा जनताबीच क्रियाशिल हुनुहुन्छ । २०७२ सालको भूकम्पका बेला राहत र उद्दारमा आफुलाई दिलोज्यानले समर्पण गर्नुभएका श्रेष्ठ जनसरोकारका विषयमा आफूलाई सक्रिय बनाउनु हुन्छ । त्यही सक्रियता, समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालिन योजना र इमान्दारिताको कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उहाँलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेद्वारका रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको छ ।
खेलकुदका पर्याय जीवनराम
नेकपा (एमाले) भित्र खेलकुदको विषय प्रवेश गराउन उहाँको अग्रणी भूमिका रहेको छ । ‘स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मुख्य सिद्धान्तलाई नेपाली समाजमा स्थापित गराउनमा श्रेष्ठको विशेष भूमिका रहेकोछ । यहीं भूमिकाको कदर गर्दै उहाँ २०५३ सालमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त हुनुभयो । छ महिनाको छोटो कार्यकालमा पनि उहाँले सम्झन योग्य कार्यहरु गर्नुभयो ।
उहाँले चीन सरकारको सहयोगमा आठौँ साफ खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । ललितपुरको सातदोबाटोमा निर्मित अन्तराष्टिय प्रतियोगिता गर्नसकिने स्विमिङ पुल, सुटिङ रेन्ज, स्पोर्ट्स हस्पिटलको स्थापना, त्रिपुरेश्वरस्थित रंगशाला र अन्य खेलमैदानको स्तरबृद्धि उहाँकै योगदानहरु हुन् । उहाँकै अग्रसरतामा उत्कृष्ट नतिजा ल्याउने खेलाडिहरुलाई आजीवन भत्ताको व्यवस्था गरेर उत्साहित गर्ने कार्यको प्रारम्भ गरिएको थियो ।
उहाँ दोश्रो पटक २०६३ सालमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त हुने बित्तिकै दश वर्षसम्म सञ्चालन हुन नसकेको बृहत पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौँमा सम्पन्न गर्नुभयो । यही अवधिमा उहाँले मुलुकको समग्र खेलकुद विकासका लागि दुरगामी सोचका साथ Vision 20 – 20 अगाडि सार्नुभयो । जीवनराम श्रेष्ठले नै मुलुकमा पहिलो पटक स्पोर्टस एकेडेमी स्थापना गर्ने पहल गर्नुभयो ।
तर अस्थिर राजनीतिको करण कार्यकाल पूरा गर्न नपाउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई अंगिकार गर्दै उहाँले सदस्य सचिवको पद त्याग गर्नुभयो । तत्पश्चात उहाँ नेपाल ओलम्पिक कमिटीको निर्वाचित महासचिव र हाल अध्यक्ष हुनुहुन्छ तथा नेपाल स्की संघको पनि अध्यक्ष हुनुहुन्छ । आफ्नो व्यक्तित्वलाई अन्तरराष्ट्रिय स्तरमा उठाइसकेका उहाँ दक्षिण एशियाली ओलम्पिक काउन्सीलको अध्यक्ष पनि हुनुहुन्छ । यसले उहाँलाई अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलाका जानकार बनाउने अवसर प्रदान गरेको छ ।
भावी राजनीतिमा भूमिका
देशको राजधानी भैकन पनि बत्तिमुनीको अँध्यारो जस्तै बनेको काठमाडौंलाई एक कर्मठ र सक्षम नेतृत्वको आवश्यकता छ । यहाँको साँस्कृतिक बैभवको संरक्षण, भौतिक पूर्वाधारहरुको बिकास र स्थानीय जनताका भावनाहरुको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्वलाई नयाँ सम्बिधानको परिधिमा कसरी परिभाषित गर्ने र स्थानीय जनताको हक अधिकारलाई कसरी संस्थागत गर्ने भन्ने चुनौती हाम्रो सामुन्नेमा छ । बातावरणीय प्रदुषणले आक्रान्त बनाउँदै लगेको उपत्यका र जनसंख्याको चापले थिलोथिलो बनेको शहरलाई कसरी व्यवस्थित र जिवन्त शहरको रुपमा उठाउने भन्ने अर्को चुनौती काठमाडौंले बोकेको छ ।
यसको लागि स्थानीय जनताको प्रतिनिधित्व गर्ने व्यक्तित्व, स्थानीय सरकारको रुपमा स्थापित नगरपालिकाहरु, प्रादेशिक सरकार र केन्द्रीय सरकार बीचमा तालमेल स्थापना गर्नसक्ने क्षमतावान र अनुभवी राष्ट्रिय नेतृत्वको आवश्यकता पर्दछ । काठमाडौं कै जनताको लागि राजनीति गर्दै माथि उठेका नयाँपुस्ताका जीवनराम श्रेष्ठ यी आवश्यकताहरु पुरा गर्न र बास्तविक अर्थमा राष्ट्रिय राजनीतिमा राजधानीको प्रतिनिधित्व गर्नसक्ने सक्षम नेताको रुपमा उदयमान छन् ।
निर्वाचन क्षेत्र विकासका योजना
काठमाडौं क्षेत्र नं. ८ मूलतः ऐतिहासिक धरोहर बोकेको भित्री शहर र नया बिस्तार हुंदै गरेको बिस्तारित उपत्यकाको संमिश्रण हो । त्यसैले यहाँको बिकासमा भित्री शहरको संरक्षण र सुधारको रणनीति आवश्यक छ भने बाह्य शहरको सुव्यवस्थित बिकासलाई संगै लग्नु आवश्यक छ ।
डल्लु आवास योजनाको सफलता मात्रले पनि बाह्य शहरमा भौतिक पूर्वाधारहरु कतिको महत्वपूर्ण छ भन्ने तथ्यको पुष्टि गर्दछ । त्यसैले यस क्षेत्रको बिकासको मूल उद्देश्य स्थानीय जनतालाई भौतिक मात्र होइन सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा कसरी सम्पन्न बनाउँने हो ।
बिश्व सम्पदा सूचीको काठमाडौं दरवार क्षेत्र र स्वयम्भू महाचैत्य वरिपरि पर्ने आकाश भैरव, अट्कोनारायण, भीमसेनस्थान, कंकेश्वरी, लखतिर्थ, बिजेश्वरी, शोभा भगवती, इन्द्रायणी, सितापाईला, आदेश्वर, हल्चोक, इचंगु नारायण लगायतका मठ मन्दिर मात्र होइन यहाँको अमूर्त सम्पदाका जीवन्त प्रस्तुती जीवित कुमारी, लाखे, सोभाभकु, नरदेवी नाच देखि बौद्ध आस्थाका महात्म्यहरु यस क्षेत्रको जीवन्त आत्माको रुपमा रहेकोछ । उपत्यकाकै परिचय बनेको काष्ठमण्डप यस क्षेत्रको गर्विलो धरोहर हो । यी साँस्कृतिक जगमा उभिएर आउने ५ बर्षका कार्यक्रमहरु तयार पारिएका छन् ।
यस क्षेत्रका बिद्धवत्त बर्गको सल्लाह र सुझावहरु उपयोग गर्दै अझ परिष्कृत गरिनेछ । बाह्य क्षेत्रमा पर्ने कामपा वडा नं. १३ र १५ र नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ मा स्थानीय नगरपालिकाहरुसंगको सहकार्यमा बिकासका खाका तयार पारिनेछ । बिकास निर्माणको कार्यमा स्थानीय जनताको सम्बैधानिक अधिकारलाई पूर्णतः सम्मान गर्दै सहभागिता र सहकार्यबाट बिकासकार्यलाई अगाडि बढाइनेछ ।


प्रतिक्रिया