प्रचण्ड किन तनावमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रचण्ड किन तनावमा ?

सारांश

  • सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्।
  • कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचना बढ्दा उनी तनावमा परेका हुन्।
  • खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ।

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचना बढ्दा उनी तनावमा परेका हुन्।

खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ। सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले जनस्तरमा पार्टी र सरकारप्रति आक्रोश उत्पन्न भएकाले यसले पार्टी र सरकार दुवैलाई गम्भीर हानि पुग्ने भन्दै सचिवालय बैठक माग गरेका थिए।

तर अध्यक्ष दाहालले यो विषयमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न समय पाएका छैनन्। एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच जम्मा दुईपटक भेटघाट भएको छ। ‘नेताहरुले सचिवालय बैठक माग गर्दा पनि दाहालले राख्न सक्नुभएको छैन’, सचिवालयका एक सदस्यले भने।

सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन्। नागरिक दैनिकबाट

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
रणवीर र दिपिका वैवाहिक सम्बन्धमा बाँदिदै !
रणवीर र दिपिका वैवाहिक सम्बन्धमा बाँदिदै !
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
नयाँ आईजीपी दाबेदारहरूको दौड, अवकाश हुन तीन दिन बाँकी
नयाँ आईजीपी दाबेदारहरूको दौड, अवकाश हुन तीन दिन बाँकी
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते