‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ,  ५ जेठ ।
  •   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै समय आफूहरुबिच शत्रुता रहेको तर त्यो जन्मजात भने नरहेको बताएका छन् ।
  • एमाले र माओवादीबिच एकीकरण भएर बनेको नेकपाको संसदीय दलको पहिलो बैठकमा ओलीले आफूहरु दुवैको लक्ष्य देश विकास रहेको र त्यो बाटोमा गतिसाथ हिँड्दा कहिले काहिँ ठोक्किए र झिल्का मात्रै आएको बताए ।

काठमाडौँ,  ५ जेठ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै समय आफूहरुबिच शत्रुता रहेको तर त्यो जन्मजात भने नरहेको बताएका छन् ।

एमाले र माओवादीबिच एकीकरण भएर बनेको नेकपाको संसदीय दलको पहिलो बैठकमा ओलीले आफूहरु दुवैको लक्ष्य देश विकास रहेको र त्यो बाटोमा गतिसाथ हिँड्दा कहिले काहिँ ठोक्किए र झिल्का मात्रै आएको बताए ।

उनले भने, ‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौँ । उहाँको र हाम्रो लक्ष्य उहि थियो, गन्तव्य पनि उस्तै । हामी दुवै गतिमा थियौँ । त्यो गतिमा कहिले काहिँ घर्षण हुँदा झिल्का निस्किएको मात्रै हो । त्यसलाई नै शत्रुताको रुपमा हेरिएको हो । खासमा केही थिएन । मात्रै घर्षण र झिल्का थियो ।’

अहिले आफूहरुले एकता गरेर देशलाई मात्रै नभएर संसारलाई चकित पारेको ओलीले बताए । उनले भने, ‘यो संसारलाई अचम्मित पार्ने काम भएको छ । असाधारण काम गरेका छौँ । केही दिनअघिसम्म पनि एकता हुँदैन भन्नेहरु अहिले चकित परेका छन् ।’

ओलीले नाच्न सिकाउनेले आफैले नाचेर देखाउनु पर्ने र आफूहरुले एकता गरेर विश्वलाई उदहारण दिएको बताए । विश्वमा कम्युनिष्ट फुट्न मात्रै जानेका छन् भन्ने आरोप लागिरहेका बेला आफूहरुले जुटेर गतिलो सन्देश दिएका बताए ।
अब देश विकासका लागि काम गर्नु पर्छ भन्ने आफूहरुलाई थाहा रहेको र त्यहि अनुसार अघि बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dambar Raj Baral

    17000 Ko Nach. le prachanda lai yaha liyayo … !

    Comment Author

    Sharad Chandra Acharya

    Yeso vandai garda eka desh ma vanera suru gareko vaye katha sunne lai pani ramailo hunthyo.

    Comment Author

    Jit Ghale

    Kukur ra biralo pni janma jat dekhinai satru ta hoina tar bebaherle satru bandai jane ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?
कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?
आज सुनको मुल्य प्रतितोला ९८ हजार ४ सय
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?

तपाईंले छुटाउनुभयो कि?