कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?

सारांश

  • नेपालगञ्ज,पुस १६ – पश्चिम नेपालको धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।
  • शनिबार होटल सोल्टीमा वर्तमान उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् ।
  • निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाबारे औपचारिक जानकारी गराएका छन् ।

नेपालगञ्ज,पुस १६ – पश्चिम नेपालको धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । शनिबार होटल सोल्टीमा वर्तमान उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन् । निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाबारे औपचारिक जानकारी गराएका छन् ।

थापाले पूर्वराजालाई वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ । बिहीबार बाँकेमा आएका पूर्वराजाले शुक्रबार यहाँका उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग भेटघाट गरेका थिए ।

‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, अध्यक्ष थापाले भने,  ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ, उहाँ यही हुँदा मेरो भेट गर्नु कर्तव्य पनि हो ।नितान्त रुपमा उहाँसँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिका विषयमा छलफल भएको छ ।’

शनिबार साँझ पत्रकार सम्मेलनमा थापाले सञ्चारकर्मीसँग राजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले हेर्न आग्रह गरे । उनले पूर्वराजासँग शिष्टाचार भेटघाट भएको र छलफल पनि शिष्टाचार नै भएको बताए ।

‘उहाँले पनि हाम्रो चुनावी परिणाम र राप्रपाको आगामी कार्यदिशाको विषयमा सोध्नुभयो, सबैले उहाँलाई राजनीतिक भ्रमण भने पनि भेट गरेपछि मलाई त्यस्तो लागेको छैन ।’ अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !
बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
यसरी बनाउनुस् गाजर र ओखरको बर्फी
यसरी बनाउनुस् गाजर र ओखरको बर्फी
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
देशभर गाईजात्रा मनाइँदै

तपाईंले छुटाउनुभयो कि?