अष्ट्रेलिया कतार विश्वकपमा छनोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३१, २०७९
|
|
१८ पटक हेरिएको
Shares
अष्ट्रेलिया कतार विश्वकपमा छनोट

सारांश

  • काठमाडौं।
  • पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।
  • सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

काठमाडौं। पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेकाे हाे । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?