जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए ।

उनले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिए ।

मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै डेङ्गुका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।
  
उनले प्रदेशमा लम्पी स्किनबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपाया प्रभावित भएकाले भ्याक्सिनले मद्दत गर्ने भन्दै प्रदेशमा राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व हुनुपर्ने बताए ।
  
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव सुरेश राउतले विपद् व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको चर्चा गरे । सो अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान मुख्यमन्त्री थापाले हस्तान्तरण गरे ।

दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनि हुनसक्ने आगलागीलाई नियन्त्रण एवं रोकथामका लागि मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने प्रमुख मादेनले जानकारी दिए । फुङ्लिङमा यो समेत गरेर अहिले दुई दमकल रहेका र पहिलो दमकल भारतीय दूतावासबाट सहयोगस्वरुप प्राप्त भएको प्रमुख मादेनले बताए ।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
आजको राशिफलमा के छ तपाइँको !
आजको राशिफलमा के छ तपाइँको !
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?