पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३० पटक हेरिएको
Shares
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

सारांश

  • बाजुरा।
  • लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् ।

बाजुरा। लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ। पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन्।

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली
विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
पक्की पुलको शिलान्यास
पक्की पुलको शिलान्यास

तपाईंले छुटाउनुभयो कि?