जेठ ११ मा पाँच फिल्म जुध्दै, कुन–कुन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
जेठ ११ मा पाँच फिल्म जुध्दै, कुन–कुन ?

सारांश

  • काठमाडौं, माघ २६ ।
  • नेपाली चलचित्र क्षेत्रमा विभिन्न बिषय वस्तुलाई समेटेर चलचित्र निर्माण गर्ने क्रम बढ्दो छ ।
  • त्यससँगै फिल्ममा लगानी गर्नेक्रम बढ्दो छ ।

काठमाडौं, माघ २६ । नेपाली चलचित्र क्षेत्रमा विभिन्न बिषय वस्तुलाई समेटेर चलचित्र निर्माण गर्ने क्रम बढ्दो छ । त्यससँगै फिल्ममा लगानी गर्नेक्रम बढ्दो छ ।

अहिलेको अवस्थालाई नियाल्ने हो भने एउटा सामान्य विषयवस्तुमा फिल्म तयार गर्दा पनि ४० लाखभन्दा धेरै लाग्ने जानकारहरु बताउँछन् । त्यससँगै अहिले हरेक नेपाली फिल्महरु रिलिज गर्दा कुनै न कुनै अर्को नेपाली फिल्मसँग जुध्ने गर्दछ ।

यससँगै निर्माताहरु डुब्ने क्रम पनि बढ्दो छ । अब रिलिज हुन लागेका नेपाली फिल्महरु पनि जुध्ने पक्का छ । २०७५ साल जेठ ११ गते पनि यसैगरी पाँच वटा फिल्म जुध्ने पक्कापक्की भएको छ । फिल्म मटिमाला, एक्सट्रा माया, चङगा, झमक बहादुर, बिरङगना २०७५ साल जेठ ११ गते रिलीज हुने फिल्म हुन् ।

फिल्म मटिमालामा बुद्धि तामाङ, प्रियंका कार्की रजनी गुरुङको मूख्य भूमिका रहेको छ भने निर्माता पृथ्वी राई हुन् । निर्देशक टेक पौरखी राई रहेका छन् ।

अर्को फिल्म एक्सट्रा मायामा अर्जुन खड्का, सुस्मीता बुर्लाकुटी, सरिता लामाको मूख्य भूमिका रहेको छ ।

फिल्म झमकबहादुरमा अनुप बिक्रम शाही, राजु कमेडी (रेम्बो), यादव देवकोटा (सरापे) को मूख्य भूमिका रहेको छ । यसका निर्देशक भोमन कटुवाल हुन् ।

यसैगरी फिल्म चङगाको सुटिङ हुँदै गरेको जानकारीमा आएको छ । फिल्म बिरङगनामा अनुप बिक्रम शाही, शिल्पा पोखरेलको मूख्य भूमिका रहेको छ भने राज बहादुर साहने यसका निर्देशक हुन् ।

यी फिल्म रिलीज हुने डेट फिक्स भएसँगै अहिले निर्माताहरु तनावमा परेका छन् । यसरी फिल्म जुधाउँदा कुनै पनि निर्माता साथै फिल्मलाई फाईदा नहुने फिल्म समिक्षकहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?