‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
‘जनताबाट फूलचार्ज सरकार हो, पिलिपिलि गर्दैन’: प्रधानमन्त्री ओली

सारांश

  • बुटवल, १६ वैशाख ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएकोले  पिलपिल नगर्ने बताएका छन  ।
  • प्रदेश नम्बर ५ को प्रदेशसभा सभा बैठकलाई आइतवार बुटवलमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाड्ने पनि बताएका थिए।

बुटवल, १६ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएकोले  पिलपिल नगर्ने बताएका छन  ।

प्रदेश नम्बर ५ को प्रदेशसभा सभा बैठकलाई आइतवार बुटवलमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाड्ने पनि बताएका थिए।

‘सिण्डिकेट तोडिन्छ, अनुचित कुरासँग सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ, म भ्रष्टाचार गर्दिैन कसैले गरेको सहन्न’ ओलीले भने ‘भ्रष्टाचारको मामिलामा अनुहार तिर हेर्दिन, को पर्छ भनेर ।’

ओलीले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी दिए । ‘कहिले काही लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि’ ओलीले अगाडि थपे, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसंग सम्झौता हुँदैन ।’

जनता बलियो भए लोकतन्त्र, सरकार बलियो भए तानशाही !

संसदलाई संवोधन गर्दै ओलीले सुशासन विना विकास गर्न नसकिने भएकाले राज्य कडा हुनुपर्ने बताए । राज्य बलियो हुने शासन गर्नको लागि नभइ जनतालाई शोषित हुन धम्काइन नदिनको लागि भएको उनले बताए ।

‘केही मान्छेहरुले सरकार बलियो भयो, अनावस्यक गर्र्यो भनिरहेका छन्’ ओलीले भने, ‘सरकार बलियो तानशाही व्यबस्थामा हो । जनता बलियो भयो भने लोकतन्त्र, सरकार बलियो भयो भने तानशाही हुन्छ । हामीले जनतालाई बलियो बनाउन खोजेको हो ।’

४ जना असामाजिक तत्वले राज्य हल्लाउने अबस्था आउन कुनै हालतमा हुन नदिने ओलीले दाबी गरे । ‘सरकारले त्यो अडान लिन्छ जनताको सेवाका लागि’ ओलीले भने । उनले खान नपाएको जनता खान लाउन पाउनेगरी राज्यलाई बलियो बनाउनु पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्ल्याट भाडामा लिएर यौन धन्धा
फ्ल्याट भाडामा लिएर यौन धन्धा
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)
ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
दशैँकै बेला खाना पकाउने ग्यासको अभाव
दशैँकै बेला खाना पकाउने ग्यासको अभाव

तपाईंले छुटाउनुभयो कि?