एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

सारांश

  • भक्तपुर।
  • माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।
  • राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ।

भक्तपुर। माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ।

कार्यालयका अनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो।

गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो। रासस
आइफा अवार्ड नेपालमा नहुने
भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने भएको छ । चौतर्फी विरोध भए पछि अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको हो । अवार्ड आयोजना गर्ने चर्चा सुरु भएदेखि नै सरकारको आलोचना गर्दै देशव्यापीरुपमै यसको विरोध भइरहेको थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने पुष्टि बताए । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले पैसा नदिने धारणा राख्दै आईफा अवार्ड गर्दा मुलुकलाई राम्रो हुने टिप्पणी गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?