प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
५६ पटक हेरिएको
Shares
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गरेकी छन् ।

काठमाडौँ । प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गरेकी छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाइन् ।

सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा बैठकमा जानकारी गराइन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?