यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

सारांश

  • सोमबार बसेको मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ ।
  • चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।
  • उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ । मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमनत्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

देश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?