प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १९, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

सारांश

  • काठमाडौं।
  • सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।
  • स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति’ अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।

‘प्रधानमन्त्री र प्रचण्डको मत एउटै छ, सके कात्तिक अन्तिम नभए मंसिर पहिलो साता प्रतिनिधि सभा निर्वाचन गरौं भन्ने उहाँहरूको मत छ,’ कांग्रेस स्रोतले भन्यो ।

गठबन्धनको बैठकमा दसैं सकिए लगत्तै निर्वाचन कार्यक्रम सुरु गर्नेगरी निर्वाचन आयोगसँग प्रतिनिधि सभा निर्वाचनको मिति’bout परामर्श थाल्नुपर्ने विषयमा छलफल भएको थियो । सो छलफलअनुसार कात्तिक अन्तिमदेखि मंसिर पहिलो सातासम्मको समय सीमा’ छलफल भएको हो ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रतिनिधि सभा निर्वाचन’ अनौपचारिक चर्चा र छलफल सुरु भएको जानकारी दिए ।

‘प्रतिनिधि सभा निर्वाचन’ बैठकमा औपचारिक एजेन्डा त बनेको छैन तर अनौपचारिक चर्चा र छलफल हुन थालेको हो, अहिलेको प्रतिनिधि सभाका सदस्यहरूको पदावधि समाप्त हुने मिति कहिलेलाई मान्ने भन्ने मूल कुरा अहिले चर्चामा छ,’ माओवादी केन्द्रका नेता पोखरेलले  भने ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत सोही मितिमा सम्पन्न भएको थियो ।

त्यसबखत निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण २० फागुनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । मंसिरमा निर्वाचन भए पनि सांसदहरूले फागुनमा शपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिने मान्ने कि फागुनमा भन्ने अन्योल छ ।

माओवादी केन्द्रका नेता पोखरेलले चुनाव सम्पन्न भएको मितिलाई आधार मान्ने हो भने आगामी मंसिर र शपथको मितिलाई मान्ने हो भने २० फागुनमा प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने जानकारी दिए ।

७ सय ५३ वटै स्थानीय तहमा एक साथ निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि आयोग तयार रहेको बताएको छ ।

राजनीतिक दलहरूबीचमा प्रतिनिधि सभा निर्वाचन’bout छलफल चल्दै गर्दा आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि आयोग तयार रहेको बताएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई निर्वाचन सम्पन्न गर्न कुल १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै दसैं सकिएपछि ३० दिनको समय निर्वाचन कार्यक्रमका लागि छुट्याएर मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा निर्वाचन गर्न सकिने बताए ।

‘निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई निर्वाचनका सबै काम सक्न १ सय २० दिन समय लाग्छ, दसैं उता चुनावमा जाने हो भने पनि निर्वाचन कार्यक्रमका लागि ३० दिनको समय चाहिन्छ, टेन्टेटिभ मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सकिन्छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले  भने ।

थपलियाले निर्वाचन सम्पन्न भएपछिको मितिलाई कार्यकाल समाप्त हुने मिति मान्दा २२ मंसिरलाई कार्यकाल सकिने मिति मान्न सकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?