एउटै खुट्टाले नाचेर चर्चित बनेकी रोमा न्यौपाने किन पक्राउ परिन् ?
सारांश
- काठमाडौं, २४ फागुन ।
- एउटै खुट्टाले आकर्षक र मनमोहन नृत्य गर्नसक्ने र त्यसकै कारण स्वदेश तथा विदेशमा चर्चित कलाकार रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
- कलाकार रोमा न्यौपानेलाई ठगीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, २४ फागुन । एउटै खुट्टाले आकर्षक र मनमोहन नृत्य गर्नसक्ने र त्यसकै कारण स्वदेश तथा विदेशमा चर्चित कलाकार रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार रोमा न्यौपानेलाई ठगीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर काठमाडौंले रोमा न्यौपानेलाई बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपाने मिलेर ३६ लाख ठगी गरेको आरोप लागेको छ । श्रीमान चिरञ्जीवी पक्राउ परेपनि रोमा भने फरार रहेकी थिइन् ।
भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोली “भीएडी नेपाल लघुवित्त कार्यक्रम” सञ्चालन गरेको र त्यसैको भरमा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीहरुमाथि लगाइएको छ । जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै २ वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो ।
कलाकार रोमा न्यौपानेले ८ वर्षकै उमेरमा दुर्घटनाका कारण देब्रे खुट्टा गुमाएकी थिइन् । तर पनि उनले हिम्मत र साहस जुटाएर एउटै खुट्टाले नाचेर आफूलाई कुशल नृत्याङ्गनाका रुपमा स्थापित गरेकी छन् । उनको त्यही कलाका कारण उनले देशका विभिन्न भागमा हुने साँस्कृतिक महोत्सवहरुमा उनको माग हुने गरेको थियो ।
प्रतिक्रिया