प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित

सारांश

  • काठमाडौं।
  • सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको बन्दले राजधानीको सामान्य जनजीवन प्रभावित बनेको छ।
  • सार्वजनिक सवारीका साधन कम चल्दा कलेज जान हिँडेका विद्यार्थी बढी मार्कामा परेका छन्।

काठमाडौं। सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको बन्दले राजधानीको सामान्य जनजीवन प्रभावित बनेको छ। सार्वजनिक सवारीका साधन कम चल्दा कलेज जान हिँडेका विद्यार्थी बढी मार्कामा परेका छन्। विप्लव समूहले सोमबार नेपाल बन्दको घोषणा गरेको छ। बन्दको पूर्वसन्धयामा आइतबार राजधानीलाई आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराउँदा चार जनाको मृत्यु भएको थियो ।

आइतबार राजधानीमा विभिन्न स्थानमा ज्यानै जाने गरी विस्फोटका घटना भएपछि सोमबार बन्दको प्रभाव झन देखिएको छ। राजधानीको चोक चोकमा ठूलो मात्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। तर उल्लेख्य मात्रामा सार्वजनिक सवारीका साधन नचल्दा यात्रु मर्कामा परेका छन्। ‘कलेज जान विहानै घरबाट निस्किएँ तर गाडी नपाएपछि अब घर फर्किन लागेको,’ त्रिचन्द्र कलेजमा अध्ययनरत गणेश दाहालले भने। बन्दका कारण सार्वजनिक सवारीका साधन कम चल्दा धेरैजसो यात्रु पैदल नै गन्तव्यतर्फ लागेका छन् ।

सोमबारको बन्दलाई सफल बनाउन भन्दै आइतबार राजधानीका विभिन्न स्थानमा बम विस्फोटका घटना भएका थिए। विस्फोटमा परी चार जनाको मृत्यु भएको थियो। राजधानीमा नै श्रृखंलाबद्ध विस्फोट भएपछि राजधानीबासी त्रसित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?