गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार

सारांश

  • काठमाडौं, २९ साउन।
  • शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ ।
  • आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।

काठमाडौं, २९ साउन। शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ ।आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।

शिक्षामन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको वाइवाइ शिक्षा पुरस्कार अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको थियो । जसमा स्कुल अफ दिन एयर पुरस्कार सामुदायिक विद्यालय तर्फ विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं र संस्थागत विद्यालय तर्फ मदरल्याण्ड स्कुल पोखरालाई प्रदान गरिएको छ । उत्कृष्ट शिक्षक पुरस्कार सुरेन्द्र घिमिरेलाई प्रदान गरिएको छ ।
कलेज एक्सिलेन्स अवार्ड गोल्डेनगेट कलेज पुरानोबानेश्वर, शिक्षामा योगदान गरेबापत प्रदान गरिने कन्ट्रिब्युसन अवार्ड ब्रिटिस काउन्सिल नेपाललाई प्रदान गरिएको छ ।

काममा लगनशिल भएवापत पाइने डेडिकेसन अवार्डबाट शिक्षासेवी डा. लेखनाथ पौडेल सम्मानित भएका छन् । गुडवील एचिभमेन्ट अवार्ड सेन्ट जेभियर्स स्कुल, गोदावरीले पाउन सफल हुँदा र क्रियटिभ अवार्ड नामी कलेज जोरपाटीलाई प्रदान गरियो । एजुकेशन भिजन अवार्ड डा. भोला दाहाललाई र प्रिन्सिपल अफ दि एयर अवार्डबाट लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल, मुकुन्द शर्मालाई सम्मानित गरिएको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएबापत प्रदान गरिने पच्चिस हजार नगद राशीको ज्ञान उदय छात्रवृत्ति पुरस्कार सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरका समिक्षा नेपाललाई प्रदान गरिएको छ । उनीहरुले एसइइ परीक्षामा सर्वाेकृष्ट नतिजा जिपिए ४ ल्याएका थिए ।

यसैगरी, नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्ड बुटवलका शिक्षाप्रेमी लोकनाथ उपाध्यायलाई प्रदान गरियो । सबैलाई शिक्षामन्त्री पोखरेलले पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको बताए । शिक्षामा भएका खाडलहरु नपुरे समृद्ध मुलक नबन्ने भन्दै उनले माध्यमिक तहसम्मको उत्पादनलाई प्रविधि र सीपयुक्त बनाउन आफु लागिरहेको स्पष्ट पारे । उनका अनुसार प्राविधिक धारको विकासका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर काम गरिरहेको छ ।

शिक्षालय मासिक पत्रिकाका प्रधान सम्पादक तथा कार्यक्रमका अध्यक्ष श्याम तण्डुकारले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले सामुदायिक र निजी भनेर विभेद गर्न नहुने बताए । निजीले गुणस्तरीय शिक्षा दिन्छ भने कसैले टाउको दुखाउन नपर्ने उनको भनाइ थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र्रका महानिर्देशक बाबुराम पौडेल, नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, प्याब्सनकी उपाध्यक्ष दिपिका रिमाल, शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बा, ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष
रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
काठमाडौंमा पनि डेंगु फैलिंदै
काठमाडौंमा पनि डेंगु फैलिंदै

तपाईंले छुटाउनुभयो कि?