प्रतिशत होइन बराबरीका आधारमा पार्टी एकता : प्रचण्ड
सारांश
- चितवन, २० चैत ।
- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले दिएको प्रतिवेदन अनुसार छिट्टै पार्र्टी एकता हुने बताएका छन् ।
- मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा दुईवटै कार्यदलको प्रतिवेदन अन्तिम रूप दिनका लागि छलफल सुरु हुने बताउँदै प्रचण्डले कार्यदलको प्रतिवेदनअनुसार नै पार्टी एकता हुने बताए ।
चितवन, २० चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले दिएको प्रतिवेदन अनुसार छिट्टै पार्र्टी एकता हुने बताएका छन् । मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा दुईवटै कार्यदलको प्रतिवेदन अन्तिम रूप दिनका लागि छलफल सुरु हुने बताउँदै प्रचण्डले कार्यदलको प्रतिवेदनअनुसार नै पार्टी एकता हुने बताए ।
“एकता संयोजन समितिको बैठकमा दुईवटै कार्यदलको प्रतिवेदन औपचारिक ढङ्गले प्रस्तुत भएपछि मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि छलफल सुरु हुन्छ”, गृहजिल्ला चितवनमा अध्यक्ष प्रचण्डले भने, “प्रतिवेदनअनुसार नै छिट्टै पार्टी एकता हुन्छ ।”
उनले बराबरी सिद्धान्तले पार्टी एकतामा अप्ठ्यारो नपर्ने बताए । “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन, बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको मात्रै हो”, उनले भने, “यसले एकतामा अफ्ठ्यारो पर्ने स्थिति आउने भन्ने हुँदैन । एकपटक छलफल गरेपछि सबै कुरा टुङ्गिन्छ ।”
अध्यक्ष प्रचण्डले मंगलबारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल हुने बताए ।
Mohan Kayasta
Prachanda: KP oliji::30:70
Unequal distribution. How can it be fifty fifty.? .
Hom Prasai
Jel Ma Milchha.
Chiran Bhattarai
रोए को रोए भो खुसी छैन मन भन्ने गित सम्झिदै छ एमाले अहिले आएर
Sapkota Babu
Hudaina na gara hunchha yakata mahobadila aukat dakhauna lago jasto xa
Ananda Bajracharya
योग्यता अनुसारको प्रमाणपत्र पाउन्छ तृतीय श्रेणीको बिद्यार्थीलाई प्रथम श्रेणीको प्रमाणपत्र पाउन्दैन त्यति पनि थाहा छैन नेताजी?
Badri Man Joshi
ठिक हो पार्टी कब्जा गर्ने आधार त बनाउनै पर्यो नि ।पार्टी एकता आफ्नो लागि न हो देश र जनता को लागि भन्नू त नारा न हो जनता फकाउने ।
धिरज बोहरा काजी
समानुपातिक मतको आधारमा हुनुपर्छ