प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !

सारांश

  • काठमाडौं, २३ जेठ ।
  •   प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा  ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक गुट बन्ने अवस्था सृजना भएको छ ।
  • केही दिनअघि प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए ।

काठमाडौं, २३ जेठ ।  प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा  ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक गुट बन्ने अवस्था सृजना भएको छ ।

केही दिनअघि प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए । संविधान संशोधन गरेर शाषन प्रणाली परिवर्तन गर्ने बारे प्रचण्डले दिएको अभिव्यक्तिमा ओलीको समर्थन नरहेपछि गुटगत रुपमा मुद्दा उठाउन थालिएको हाे ।

स्राेतका अनुसार  प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शाषन प्रणालीमा नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल लगायतका नेताहरु सहमत देखिएका छन् ।

तर ओली भने अहिले तत्काल यो विषय उठाउन नहुने पक्षमा देखिएका हुन् । ओलीलाई ईश्वर पोखरेलले साथ दिएका छन् । शीर्ष तहका अधिकांश नेताहरु प्रचण्डको पक्षमा देखिएपछि ओली नयाँ रणनीति कसरी तय गर्ने भन्नेमा गम्भीर बनेको स्राेत  बताउछ ।

तत्कालिन एमालेका सचिव योगेश भट्टराईले पनि प्रचण्डले भने जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । त्यस्तै ओलीसँग चिढिएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल पनि अहिले प्रचण्डको पक्षमा देखिएकाे बताइएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
तिन वटा बिरूवा रोपेर बैठकको उद्घाटन
तिन वटा बिरूवा रोपेर बैठकको उद्घाटन
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली
जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
What it Takes to Become a Millionaire at an Early Age?
What it Takes to Become a Millionaire at an Early Age?
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि