अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
१०
|
४३ पटक हेरिएको
Shares
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना

सारांश

  • काठमाडौं,  २७ जेठ  ।
  • कफी पोखिएपछि भुइँ सफा गरेको भिडियो सार्वजनिक हुँदा नेदरल्यान्डका प्रधानमन्त्रीको विश्वभर वाहवाहीे छ ।
  • नेपालका एक मन्त्रीले भने अंगरक्षकलाई छाता ओढाउन र कोट बोक्न लगाएपछि आलोचना खेप्नु परेकाे छ ।

काठमाडौं,  २७ जेठ  । कफी पोखिएपछि भुइँ सफा गरेको भिडियो सार्वजनिक हुँदा नेदरल्यान्डका प्रधानमन्त्रीको विश्वभर वाहवाहीे छ ।

नेपालका एक मन्त्रीले भने अंगरक्षकलाई छाता ओढाउन र कोट बोक्न लगाएपछि आलोचना खेप्नु परेकाे छ ।

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा खोजी गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्ना अंगरक्षकलाई छाता ओढाउन र कोट बोक्न लगाएको समाचार टेलिभिजनमा प्रशारण भएको थियो । त्यसपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको छ । केही समयअघि पनि पशुपतिको सवारी निषेधित क्षेत्रमा गाडी राखेको भन्दै उनको आलोचना भएको थियो ।

अधिकारी वर्तमान सरकारका आशलाग्दा र युवामाझ लोकप्रिय मन्त्री मानिन्छन् । तर, उनको यो व्यवहारले निरास बनाएको सामाजिक सञ्जालका प्रयोगकर्ताले बताएका छन् ।

टेकनारायण भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्, ‘समस्या शासन व्यवस्था, राज्य प्रणाली, संविधान वा भूगोलको हैन, समस्या हाम्रो सोच र व्यवहारकै हो । अंग रक्षकले मन्त्रीलाई छाता ओढाउनुपर्ने, कोट बोकिदिनु पर्ने ? मैले सम्मान गर्ने मध्येका एक तपाईँको यो दृश्य अति नै नमिठो लाग्यो मन्त्रीज्यू !’

भट्टराईको स्टाटसमा आचार्य सन्तोषले कमेन्ट गरेका छन्, ‘सत्ताबाहिर रहँदा जनताका पक्षमा राम्रा र मन लोभ्याउने कुरा गर्ने र सत्तामा पुगेपछि त्यसको ठीकविपरित गर्ने नेपाली राजनीतिकहरूको नियती नै हो र ? के मन्त्री अधिकारी आफ्नै हातले छाता समात्न नसक्ने हुन् र ?

मनी भट्टराईले लेखेका छन्, ‘सेनाहरू कहिले ठूलाबडाका जुत्ता बोक्न, कहिले मन्त्रीका कोट बोक्न र छाता ओढाउन किन प्रयोग हुन्छन् ?

सुजाता श्रेष्ठले लेखेकी छन्, ‘छाता बोकाएको त गलत थियो नै, आफ्नो कोट नै सेनालाई बोकाएको देख्दा एउटा सर्वहारा वर्गको नेताको सामन्ती व्यवहारझैँ लाग्यो ।’

मन्त्रीले मन्त्रालयका काम मात्रै होइन, दैनिकीमा समेत हेक्का राख्नुपर्छ । ताकी आम नागरिक उत्प्रेरित बन्न सकोस् । अन्यथा आलोचित हुनुपर्ने अवस्था आउन सक्छ । यसतर्फ ध्यान दिने कि मन्त्रीज्यू ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Sandesh Kc

    Yasto huna siknu paryo

    Comment Author

    Ganga Prashad Bhandari

    हम्ा मन्ऋ

    Comment Author

    Sarala Khadka Dahal

    thukka euta chata ne odnanasakni le k desh ko kam garx dhikar xa timi jasta mantri lai…??

    Comment Author

    Ganga Prashad Bhandari

    हामा् मन्ऋीको दुईटौ हात भाचिएकोछ ा

    Comment Author

    Rishi Sapkota

    asto chakdibad le chhoden Nepal lai

    Comment Author

    Shyam Fayal

    Samanta badi haru hun yi sabai, communist ta janata jhukyaune kutil chal.

    Comment Author

    Gajadhar Sapkota

    Nepal jastodedka mantrile auta chhsta samatn sakchhanr e dulabada samti sochaka pareni

    Comment Author

    Sundeep Sundeep

    Ya kasto Bichar ho

    Comment Author

    Golden Monk Mongol

    Kot ta bokna nasakney ly Des kasari bokla ..tukka pagi….affu Ni tehi dharatal Bata ako bhaney Ra kasari birsey ko …..paisa ko vari bhaye kasailai xuna dnna thiyo hola ….

    Comment Author

    Phul Garbuja Pun

    माननीय मन्त्री ज्यु जस्ताहरुलाई हामी लाटो जनताले बाध्यताले थुक्न परिरहेको छ।
    जाबा एउटा छाता आफैले ओड्ने आफैले समाएर ओड्न नसक्ने? जाबा आफैले ओडेको आफ्नै कोट आफैले समाउन नसक्ने? कत्ति ठुला मान्छे भाका हुन? के हाम्रा नेपालमा मन्त्रीहरु अर्कै गरह बाट आउछन्की क्या हो? थुक्क्क्क्क मुखैमा,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?