प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
सारांश
- जनकपुर १२ भदौ ।
- प्रदेश २ मा भयको तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ।
- प्रदेश सरकारको पहिलो मन्त्री परिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो।
जनकपुर १२ भदौ । प्रदेश २ मा भयको तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ।प्रदेश सरकारको पहिलो मन्त्री परिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो। आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गरेका थिय ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ का प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिइने बताए। ‘हामी आह्वान गरिसकेका छौ। जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ’ उनले भने।
यस अघि सोही कार्यालयमा अर्का शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको छ। मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको हो।
प्रतिक्रिया