भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प

सारांश

  • हेटौंडा, २० जेठ ।
  •  भारतको बरौनीबाट नेपाल ल्याउन पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङकरका चालक सहलकलाई सीमा सुरक्षा बलले बिनाकारण कुटपिट गरेको भन्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा मजदुरहरुले आन्दोलन गरेका छन् ।
  • पेट्रोलियम पदार्थ बोक्न गएका मजदुरमाथि लगातर चार दिनदेखि कुटपिए हुँदा समेत निगम मौन रहेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल यातायात मजदुर संगठनका अध्यक्ष बिजय लामाले बताउनुभयो ।

हेटौंडा, २० जेठ । भारतको बरौनीबाट नेपाल ल्याउन पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङकरका चालक सहलकलाई सीमा सुरक्षा बलले बिनाकारण कुटपिट गरेको भन्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा मजदुरहरुले आन्दोलन गरेका छन् ।

पेट्रोलियम पदार्थ बोक्न गएका मजदुरमाथि लगातर चार दिनदेखि कुटपिए हुँदा समेत निगम मौन रहेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल यातायात मजदुर संगठनका अध्यक्ष बिजय लामाले बताउनुभयो । काममा गएका चालक तथा सहचालकलाई बिना कारण भारतीय सुरक्षा बल र स्थानीयले कुटपिट गर्दा समेत डिपो मौन बसेपछि सुरक्षाको माग गर्र्दै लोड अनलोड बन्द गरेको उहाँको भनाई छ । चार दिनमा पेट्रोलियम पदार्थ बोक्न गएका ९ जना चालक सहचालकले कुटाई खाएका छन् भने ७ सय ४० जना त्रासपुर्ण अवस्थामा रहेर काम गरिरहेको अध्यक्ष लामाले बताउनुभयो ।

पेट्रोलियम पदार्थ बोक्नका लागि कस्टममा गएका ना ४ ख २४७१ का चालक कान्छा तामाङ, ना ४ ख १५९४ का सहचालक गोरे लामा, ना ४ ख १५९३ का सहचालक राजेश थिङ, ना ७ ख २४७४ का चालक पशुपति मैनाली , ना ७ ख २१९६ का सहचालक भोजराज थापा, ना ६ ख ६९४२ का चालक टेकलाल गोले सहितका ९ जनालाई भारतीय सुरक्षाकर्मीले बिनाकारण कुटपिट गरेको बताइएको छ ।
पेट्रोलियम पदार्थ बोक्नका लागि गएका ट्याङकरका चालकले सवारी सञ्चालनका क्रममा जाम गरेको, भारतीय सवारीलाई ओभरटेक गरेको जस्ता आरोप ट्याङकर चालकहरुमाथि लगाइएको बताइएको छ । भारतीय कस्टमबाट नेपालका लागि तेलबोकेर दैनिक ५० देखि १ सय ५० बटा सम्म ट्याङकर आउँने गरेको छ । आन्दोलनलाई ट्याङकर व्यवसायीहरुको संस्था नेपाल ट्याङकर व्यवसायी संघले पनि समर्थन जनाएको छ ।

सुरक्षाको कारण देखाउँदै मजदुर संगठनको अगुवाईमा डिपोमा ज्ञापन पत्र बुझाइएको छ । डिपो अम्लेखगञ्जका उपप्रवन्धक रामहरी निरौंलाका अनुसार सुरक्षाको प्रत्याभुति नभएसम्म काम गर्न नसक्ने भन्दै ज्ञापनपत्र बुझाएइको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Modi bhraman pachhi ko upalabdhi.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?