प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
सारांश
- काठमाडौं, ५ माघ-निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिक तर्फबाट विजयी उम्मेदवारहरुलाई आज आयोग कार्यालयमै प्रमाणपत्र वितरण गर्दैछ ।
- सातवटै प्रदेशका २ सय २० जना समानुपातिक तर्फबाट विजयी भएका प्रदेश सदस्यहरुलाई प्रमाण वितरण गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
- थ्रेस होल्डका कारण १३ वटा राजनीतिक दलले समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न पाएका छन् ।
काठमाडौं, ५ माघ-निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिक तर्फबाट विजयी उम्मेदवारहरुलाई आज आयोग कार्यालयमै प्रमाणपत्र वितरण गर्दैछ ।
सातवटै प्रदेशका २ सय २० जना समानुपातिक तर्फबाट विजयी भएका प्रदेश सदस्यहरुलाई प्रमाण वितरण गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । थ्रेस होल्डका कारण १३ वटा राजनीतिक दलले समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न पाएका छन् ।
जनसंख्याको आधारमा विभिन्न राजनीतिक दलबाट ३३ प्रतिशत महिला अनिवार्य हुनेगरी जनजाति, खस आर्य, मुश्लिम, दलित, थारु, मधेशी लगायतबाट समानुपातिकतर्फ प्रतिनिधि गर्दैैछन् ।
गत मंसिर १० र २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएको थियो । आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणाली तर्फको परिणाम भने अझै सार्वजनिक गरिसकेको छैन ।
विभिन्न दलबाट प्रदेशसभा समानुपातिकमा नाम पर्न सफल सदस्यहरुकोे नामावली आयोगले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया