युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट

सारांश

  • एजेन्सी ।
  • नेदरल्याण्ड अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
  •  युएईमा जारी ग्लोबल छनोटको प्ले अफमा युएईलाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

एजेन्सी । नेदरल्याण्ड अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा जारी ग्लोबल छनोटको प्ले अफमा युएईलाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले विश्वकपमा स्थान पक्का गरेको हो । दुबईमा युएईले दिएको ८१ रनको सामान्य लक्ष्य नेदरल्याण्डले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

नेदरल्याण्डको जितमा बेन कोपरले अविजित ४१ रन बनाए । यस्तै कोलिनले १८ तथा रायन टेनले ११ रन जोडे । युएईका रोहण मुस्तफा र जाहोर खानले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले खराब ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो ।

युएईका लागि अहमेद राजाले सर्वा्धिक २२ तथा वाहिद अहमेदले १९ रन जोडे । मोहमद बोताले १६ र सुल्तान अहमेदले ११ रन बनाए । नेदरल्याण्डका लागि ब्राण्डन ग्लोभरले ४ विकेट लिए । पाउल भान र टिम भान डेरले २–२ विकेट लिए ।

पराजित युएईको पनि विश्वकपमा छनोट हुने सम्भावना कायम रहेको छ । अब युएईले स्कटल्याण्डसँग इलिमिनेटर प्ले अफ खेल्नेछ । नेदरल्याण्ड विश्वकपको ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने तेस्रो टिम हो । यसअघि आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?