कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित

सारांश

  • विराटनगर।
  • कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ।
  • बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१-८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए।

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१-८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए।

नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गरेकाे खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए। “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा गम्भीर त्रुटि छन्,” उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित रहेकाे बताए। अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
पार्टीमा मलाई किनारा लगाइदैछः माधव नेपाल
पार्टीमा मलाई किनारा लगाइदैछः माधव नेपाल
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ (तस्विरसहित)
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ (तस्विरसहित)
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै