डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
सारांश
- काठमाडाै, १७ जेठ ।
- काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार तथा दोहोरी साँझमा प्रहरीले छापा मारी ३९ जना किशोरीको उद्धार गरेको छ।
- महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले काठमाडौंको गोंगबु, बानेश्वर, कोटेश्वर क्षेत्रमा सञ्चालित ८ वटा डान्सबार तथा दोहोरी साँझमा छापाहानी ३९ जना १६ वर्षभन्दा कम उमेरका किशोरीहरूको उद्धार गरिएको काठमाडौं प्रहरीले जनाएको छ।
काठमाडाै, १७ जेठ । काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार तथा दोहोरी साँझमा प्रहरीले छापा मारी ३९ जना किशोरीको उद्धार गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले काठमाडौंको गोंगबु, बानेश्वर, कोटेश्वर क्षेत्रमा सञ्चालित ८ वटा डान्सबार तथा दोहोरी साँझमा छापाहानी ३९ जना १६ वर्षभन्दा कम उमेरका किशोरीहरूको उद्धार गरिएको काठमाडौं प्रहरीले जनाएको छ।
प्रहरीले माइती नेपाल तथा सिबिन नेपालसँग समन्वय गरी बुधबार छापा हानेको हो।
डान्स तथा दोहोरी सञ्चालकले १६ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई काममा लगाउने गरेको सूचना पाएपछि काठमाडौं प्रहरीले छापाहानी उनीहरूलाई उद्धार गरको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
उद्धार गरिएका कतिपय किसोरीमाथि यौन शोषण समेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
विभिन्न स्थानबाट गरिएका किशोरीहरूलाई माइती नेपाल र सिविनको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए।
प्रहरीले काठमाडौंका अन्य क्षेत्रमा सञ्चालित डान्सबार तथा रेष्टुरेण्टमा निगरानी बढाएको छ।
प्रतिक्रिया