प्रदेश नं.१ : जात-जातीका कारण प्रदेशकाे नाममा विवाद
सारांश
- अस्बिन खड्का, १० साउन ।
- प्रदेश १ को नामांकरण को विषयमा कतिपय प्रदेश मन्त्रीहरुले असार मसान्तभित्रै टुङ्ग्याउने भनेर सबैले सार्वजनिक अभिव्यक्ति दिए तापनि अहिलेसम्म नामाकरण गर्न सकेका छैनन १ नम्बर प्रदेशमा जात जाती को नाममा लामो सङ्घर्ष भएको कारण पनि नाम सम्बोधन गर्ने ढिलाइ भइरहेको बुझिएको छ।
- १ नम्बर प्रदेशमा नामको सवालमा आन्दोलन नै चर्किएकाे थियाे ।
अस्बिन खड्का, १० साउन । प्रदेश १ को नामांकरण को विषयमा कतिपय प्रदेश मन्त्रीहरुले असार मसान्तभित्रै टुङ्ग्याउने भनेर सबैले सार्वजनिक अभिव्यक्ति दिए तापनि अहिलेसम्म नामाकरण गर्न सकेका छैनन १ नम्बर प्रदेशमा जात जाती को नाममा लामो सङ्घर्ष भएको कारण पनि नाम सम्बोधन गर्ने ढिलाइ भइरहेको बुझिएको छ। १ नम्बर प्रदेशमा नामको सवालमा आन्दोलन नै चर्किएकाे थियाे ।
नामको विषयमा आन्दोलन क्रममा झडप हरु समेत भए । त्यही पहिचान को मुद्दालाई लिएर स्थापना भएको सङ्घीय लिम्बुवान मञ्चका दुईजना कार्यकर्ताहरु शहिद भए । १ नम्बर प्रदेशको अरुणपूर्वको भूमिलाई लिम्बुवान राज्यको माग गर्दै कुमार लिङ्देनले नेतृत्व गरेको संघीय लिम्वुवान मञ्चले पहिचानको मुद्दालाई पूर्वमा निरन्तर रूपमा उठाइरहेको छ । तात्कालीन माओवादीनिकट जातीय मोर्चाहरुले पनि पहिचानको मुद्धालाई पूर्वमा उठाउँदै आएको थियो । पछि लिम्बुवान सङ्गठनहरुले संयुक्त लिम्बुवान सङ्घर्ष समिति बनाएर पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै आन्दोलनको आकारलाई बृहत् बनाइएको थियो ।
लिम्बुवानको निरन्तर सङ्घर्षपश्चात् तात्कालीन सरकारले लिम्बुवान को विषयमा पटक–पटक सम्झौता समेत गरेको छ । १ नम्बर प्रदेशमा भूगोलको हिसाबले बहुसाँस्कृतिक सभ्यता रहेको हुनाले यसलाई साझा बनाएर जान पहिचान पक्षधर सङ्गठनहरु लागिपरेका छन् । बहुपहिचानको आधारमा प्रदेशको नामाकरण गरियो भने सबैको सहमति हुने र अहिलेसम्म चर्किएको विवाद पनि अन्त्य हुने विश्लेषण गरिएको छ । पहिचान पक्षधर सङ्गठनहरु प्रदेश नामाकरणको विषयलाई तीब्र छलफल चलाइरहेका छन् ।
किरात राष्ट्रिय मुक्ति मोर्चाले किरात प्रदेशको लागि विभिन्न अभियानहरु सञ्चालन गरे । काठमाडौंमा भर्खरै सम्पन्न मोर्चाको बैठकले किरात प्रदेश नै नामाकरण गरिनु पर्ने मागलाई पुनः अगाडि सारेको छ । त्यसो नभए किरातसहितको बहुपहिचानलाई पनि स्वीकार गरेर जान सक्ने निर्णय गरेको मोर्चाका उपाध्यक्ष प्रकाश राईले बताएका छन् । ‘हामीले नामाकरणको सवालमा विकल्पसहित मागलाई अगाडि ल्याएका छौं, यो निर्णयभन्दा फरक भएमा भोटिङमा पार्टीको ह्वीपलाई समेत नमान्ने उनले बताए ।सङ्घीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङले लिम्बुवान राज्यको मागलाई निरन्तरता दिँदै १ नम्बर प्रदेश साझा भूगोल भएको कारण लिम्बुवानसहितको बहुपहिचानलाई स्वीकार गरेर जाने बताएका छन् ।
पहिचान पक्षधर सङ्गठनहरुसँग बहुपहिचानको विषयमा साझा नाममा सहमतिको खोजी भइरहेको चेम्जोङले बताए । सरोकारवाला पक्षहरुसँग ‘लिम्बुवान किरात कोशी’ नामाकरण गरेर जाने विषयमा छलफल भइरहेको उनले बताए । तर किरात र लिम्बुवानलाई जुधाएर कोशी वा सगरमाथा राख्ने षड्यन्त्र पनि उत्तिकै भइरहेको हुँदा यसमा सचेत रहन सरोकारवाला पक्षहरुसँग आग्रह पनि गरेका छन् । तर षड्यन्त्रमूलक वा बहुमतको दम्भमा सगरमाथा वा कोशी प्रदेश लादिएमा कुनै हालतमा स्वीकार नगर्ने चेम्जोङले बताएका छन् ।
पहिचान विभेदमा परेका समुदाय र क्षेत्रलाई दिने हो । नदिनाला र भूगोलले अहिलेसम्म पहिचान माग गरेको पनि छैन उनले बताए ।अहिले प्रदेश नामाकरण यही ऐतिहासिक पृष्ठभूमि र जातीय पहिचानलाई आधार मान्ने वा भौगोलिक पहिचानलाई आधार मान्ने भन्ने विषयमा आएर हलो अड्किएको छ । प्रदेशसभामा अङ्क गणितको हिसाबले भौगोलिक पहिचानलाई आधार मानेर प्रदेशको नामाकरण गर्नेहरुको बहुमत पुग्छ । अहिले सम्मको चित्रलाई हेर्दा मोटामोटी सगरमाथा प्रदेश नामको तयारी लगभग भइसकेको बुझिएको छ ।
प्रतिक्रिया