कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब किताब गर्न नपरोस्- केपी ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब  किताब गर्न नपरोस्- केपी ओली

सारांश

  • काठमाडौं २ मंसिर ।
  • एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई सम्हालिएर बोल्न सुझाव दिएका छन् ।
  • कमल थापालाई केपी ओलीको बोलीको खण्डन गर्न शर्म लाग्नुपर्ने भन्दै ओलीले यसबारे क्याल्कुलेर लिएर हिसाब– किताव गर्ने धम्कीसमेत दिए ।

काठमाडौं २ मंसिर । एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई सम्हालिएर बोल्न सुझाव दिएका छन् । कमल थापालाई केपी ओलीको बोलीको खण्डन गर्न शर्म लाग्नुपर्ने भन्दै ओलीले यसबारे क्याल्कुलेर लिएर हिसाब– किताव गर्ने धम्कीसमेत दिए ।

प्रशंग हो– बूढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का सम्झौता रद्द गरिएको बारे । अघिल्लो सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिएको टेक्का उर्जामन्त्री कमल थापाले क्याबिनेटबाट खारेज गराएपछि ओलीले सो निर्णयको विरोध गर्दै आएका छन् ।

यसै प्रशंगमा मन्त्री थापाले ‘आफ्नो स्वार्थमा धक्का परेकाहरुले सरकारी निर्णयको विरोध गरेको’ प्रतिक्रिया दिएको भन्दै ओली मन्त्री थापासँग क्रुद्ध बनेका हुन् ।

मन्त्री थापाको प्रतिक्रियाबाट केपी ओली आगो बनेका रहेछन् भन्ने प्रमाण शुक्रबार साँझ दरबारमार्गस्थित अन्नपूर्ण होटलमा देख्न पाइयो । त्यहाँ कमल थापाविरुद्ध आक्रोश पोख्दै ओलीले भने– हिजो कमल थापाजीले बोलेको मैले सुनें, ‘जसको स्वार्थमा धक्का परेको छ, तिनीहरुले विरोध गरेका छन्’ भन्नुभएछ, म उहाँलाई अलिकति सम्हालिएर बोल्न आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री थापाविरुद्ध एमाले अध्यक्ष ओली यतिमै रोकिएनन्, उनले थप आक्रोश पोखे– ‘स्वार्थमा धक्का परेको भनेको के ? के स्वार्थमा ? वहाँको के स्वार्थ पूरा भएन र उहाँले क्यान्सिल गरेको ? म उहाँसँगै पनि भेट भएका बेलामा कुरा गरौंला । तर, स्वार्थमा धक्का परेकाहरुले अरे ! वहाँसँग अधिकार छ कि छैन ? अधिकारसहित उहाँ बोल्दै हुनुहुन्छ कि अधिकारविना बोल्दै हुनुहुन्छ ?’

यति भनिसेकपछि ओलीले लगभग धम्कीकै भाषा प्रयोग गर्दै भने– ‘कमल थापालाई कसको बोलीको खण्डन गर्दैछु भनेर हेक्का राखेर बोल्न म सुझाव दिन चाहन्छु । कसको बोलीको कसले खण्डन गर्दैछ ? कसले विरोध गर्दैछ ? अलिकति हेक्का राख्नुपर्छ क्या !’

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई सघाउने निर्णय गरेका ओलीले निर्वाचनको मुखैमा कमल थापालाई थप धम्की दिँदै भने– ‘कमल थापाले केपी ओलीको सम्बन्धमा स्वार्थमा धक्का परेर बोल्यो भन्न शरम मान्नुपर्छ । म खाली यतिमात्रै भन्न चाहन्छु । होइन भने, क्याल्कुलेटर लिएर हिसाब–किताब गरौंला उनीसँग । अलि सम्हालिएर बोल्नमात्रै मेरो सुझाव छ ।’

‘पत्रिकामा उल्टो समाचार आयो’

आफूले बूढीगण्डकी आयोजना प्रतिस्पर्धाविनै चिनियाँ कम्पनीलाई दिनुपर्छ भनेर एउटा पत्रिकाले समाचार छापेको ओलीले गुनासो पोखिरहँदा सो पत्रिकाका सञ्चालकसमेत ओलीको बगलमै बसिरहेका थिए ।

एमाले अध्यक्ष ओलीले पत्रिकाको समाचारप्रति गुनासो पोख्दै भने–‘एउटा पेपरमा मैले बोलेको भन्दा ठिक्क उल्टो आयो । मैले कुनै प्रतिस्पर्धा नगराइकन फलानै कम्पनीलाई दिनुपर्छ भनेको छैन । तर, त्यस ढंगले न्युज आयो, किन त्यस्तो गरेको हो, म भन्न सक्दिनँ ।’

बूढीगण्डकीको ठेक्का रद्द गर्ने सरकारी निर्णयका सम्बन्धमा ओलीले आफ्नो धारणा स्पष्ट पार्न खोज्दै अगाडि भने– ‘सरकारको बेलगामपनको एउटा नमूना हो यो । चुनाव गराउने सरकारले चुनावमा केन्द्रित हुनुपर्‍यो । इन्टरनेशनल रिलेसन, वैदेशिक लगानी भित्र्याउने कुरा, यसमा लागानीकर्ता देशहरुलाई भ्रम पर्ने गरेर काम गर्ने ? एक महिनापछि गर्दा हुने काम अहिल्यै नगरी नहुने के छ ?’

कमल थापाको प्रस्तावमा मन्त्रिपरिषदले गरेको बुढीगण्डकी सम्बन्धी निर्णय आगामी सरकारले उल्टाइदिने ओलीले संकेत गरे । उनले भने– ‘अहिलेको सरकारले गरेका अनुपयुक्त कामहरु भोलिको सरकारले बदर गर्न सक्छ । यो सरकारको काम चुनाव गराउने हो, दीर्घकालीन महत्वका सन्धी सम्झौताहरु गर्ने, कसैलाई लाइसेन्स दिने, कसैको लाइसेन्स खोस्ने होइन ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kailash Karki

    याे भन्दा पहिलेपनि पुरबकाे अरूण नदि अायाेजना सुरूगरनलाग्दा पनि व लि , ए मा ले ले यस्तै तथानाम बाेलेर याे परियााेजना ए मा ले काे सरकार ऐले याेजना पासगरेमा व लि काे सरकार अाएपछि रद्द गरछाै भनेर तथानाम गरन नदियपछि नेपालकाे बिकास बिसाै बरसपछिपरनगयाे ऐले सम्मअन्धकारमा छाै । ऐलेई कसैले बाेल्न नहुने संकासपद वा लाभकालागि नियम बिपरित गरियका काला करतुत हरू देशका हितका लागि सच्याउदा तैले बाेल्न पाउदैनस सच्याउन पाउदैनस गठबन्दन काे क्षत्रमा पस्न पादैनस ऐले यस्ता धारणा अाउछन भने उस्काे सरका अायपछि तानाशाहि हुदैन साधारण नागरिकले बाेल्न , बसन, लेख्न पाउछन भनेर कसरि बिश्वासगरने ।यदि तपाईकाे सरकार साच्चै बन्वाे भने के अरूण जस्तैगरि नेपालकाे बिकास र स्वाेतन्त्रता पनि पचासाै बरस पछडि धकेलिनेत हैन ।

    Comment Author

    Ram Simkhada

    Calculator Ko prayog chaanhi bahumat na aayeko belaa koram puryaaune belaama hunchh holaa. Kamal Thapa Kai puchhar samaatera baitarni haru hijo Ra volikaa din haru kina yaad garna nasakekaa holaan?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?