कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले ३८ बुँदे घोषणापत्र, समानुपातिकबाट एकपटक मात्र अवसर

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले समानुपातिकबाट एकजनालाई एकपटक मात्र अवसर दिनेगरी व्यवस्थासहितको ३८ बुँदे घोषणापत्र जारीसहित सम्पन्न भएको छ ।
  • नुवाकोटको ककनीमा भएको दुई दिने भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीति विषयमा १४ बुँदामा घोषणापत्र जारी गरेको छ ।

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले समानुपातिकबाट एकजनालाई एकपटक मात्र अवसर दिनेगरी व्यवस्थासहितको ३८ बुँदे घोषणापत्र जारीसहित सम्पन्न भएको छ ।

नुवाकोटको ककनीमा भएको दुई दिने भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीति विषयमा १४ बुँदामा घोषणापत्र जारी गरेको छ । साधारण, क्रियाशील सदस्य रहने व्यवस्था भएको काङ्ग्रेसमा अब सम्मानित सदस्यको व्यवस्था थप गर्न माग घोषणापत्रमा गरिएको छ ।

घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र संघीय संसदीय बोर्डले गाउँपालिका, नगरपालिका, प्रदेश, केन्द्रीय तहको उम्मेदवार तय गर्ने लगायतका पार्टी सुधारका काम गर्ने बताइएको छ । साधारण, क्रियाशील सदस्यता व्यवस्थित गर्ने, आरक्षितबाट मनोनित, निर्वाचित एक पटकभन्दा हुन नपाउने लगायत बुँदाहरु समेटिएको छ ।

घोषणापत्रमा पदाधिकारी संख्या बढाउनुपर्ने, मनोनित गर्ने अधिकारी केन्द्रीय सभापतिदेखि टोल कार्यसमितिको सभापतिलाई समान रुपले व्यवस्था गर्नुपर्ने, पार्टी नेता कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई त्यसै पदमा फेरि मनोनित गर्न नपाइनेगरी व्यवस्था गरिएको छ । समानुपातिक प्रणालीबाट एकपटक भन्दा बढी अवसर दिन नहुने व्यवस्था समेटिएको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्म प्रवक्ता राख्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको अधिवशेन वडाबाट आएका प्रतिनिधिबाट हुनुपर्ने, सबै स्थानीय तहका सभापतिहरु उपल्लो समितिको पदेन सदस्य रहने व्यवस्था हुनुपर्ने, जिल्ला, क्षेत्रीय कार्यसमितिका पदाधिकारी नियुक्ति गर्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट गर्न पाइने व्यवस्था गर्नुपर्ने, स्थानीय, प्रदेश र सङ्घीय संसदमा निर्वाचित पार्टी सदस्यहरु सम्बन्धित तह तथा जिल्ला कार्यसमितिप्रति उत्तरदायी रहने व्यवस्था गर्नुपर्ने बुँदा घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोही मानिस अचानक बेहोस भए तुरुन्त यसो गर्नुहोस्
कोही मानिस अचानक बेहोस भए तुरुन्त यसो गर्नुहोस्
कोरोना भाइरसको नाम सुनेर भागे बलात्कारी
कोरोना भाइरसको नाम सुनेर भागे बलात्कारी
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
प्रधानमन्त्री ओलीले वैशाख १ गते रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले वैशाख १ गते रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्ने