आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन

सारांश

  • काठमाडौँ, १९ असार ।
  • आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
  • बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।

काठमाडौँ, १९ असार । आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।

पार्टीभित्र राजिनामा मागेपछि ओली संकटमा छन् । यस्तो अवस्थामा ओली अनेक समूहसँग भेटेर रणनीति बनाउन व्यस्त छन् । त्यसमध्ये सडक आन्दोलनलाई पनि उनले कार्ययोजनामा राखेका छन् । बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । ओलीलाई भेट्न तत्कालिन एमाले निकट युवा संघ तथा अनेरास्ववियुका नेताहरु बालुवाटार पुगेका थिए ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?