कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…

सारांश

  • काठमाडौं ।
  • विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘मिस विश्वकर्मा इन्टरनेशनल’को फाइनलका लागि ८ सुन्दरी छानिएका छन् ।
  • गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् ।

काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘मिस विश्वकर्मा इन्टरनेशनल’को फाइनलका लागि ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउँदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।

जजहरुबाट सोधिएको प्रश्नमा उत्कृष्ट उत्तर दिनेहरुमध्येबाट जम्मा ८ प्रतियोगी छानिएका हुन् । छानिनेमा निलम गज्मेर, सुजता खाती, सोनु विश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना विश्वकर्मा रहेका छन् । जजहरुमा मिस नेपाल २००५ कि सुगारीका केसी, संगीतकार राम सिटौला, नायिका, सुभेक्छा थापा, मोडल, दिवस उप्रेती, अन्तर्राष्ट्रिय मोडल, दिपक घिमिरे, मिडियाकर्मी, सिरोमणी दवाडी र कृष्ण भट्टराई रहेका थिए ।

आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगीत टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ । साथै कतारको सनैयामा हुने गइरहेको यो प्रतियोगीता भव्य र सव्य तरिकाले सम्पन्न हुने बराइलीले जानकारी दिए ।

आयोजकको तर्फबाट सुरु सुनारले पनि अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक हुन गइरहेको यो प्रतियोगीता भव्य र सव्य हुने बताइन् । साथै उनले विश्वकर्मा समुदायका युवतीहरुमा भएका प्रतिभा नेपाल मात्र नभएर नेपाल बाहिरसम्म पुर्याउने आफूहरुको लक्ष्य रहेको बताइन् । कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले गरेका थिए ।

प्रतियोगीताको पहिलो अडिशन मोरङको पथरी शनिश्चरे, र अन्य अडिशन काठमाडौंमा भएको थियो । साथै काठमाडौंमा गएको साता ट्यालेन्ट राउण्डपनि सम्पन्न भइसकेको छ ।

मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बताइएको छ । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि