माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
३७ पटक हेरिएको
Shares
माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति

सारांश

  • विश्वस्त स्रोतका अनुसार ओलीले अध्यक्ष छाडेर माधवकुमार नेपाललाई उक्त पदमा ल्याउनेगरी राजनीतिक लेनदेनको पहल थालेका हुन् ।
  • त्यसका लागि ओलीनिकटस्थहरुले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल अगाडि बढाएका छन् ।
  • तर, नेपालले सकारात्मक जवाफ नदिइसकेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार ओलीले अध्यक्ष छाडेर माधवकुमार नेपाललाई उक्त पदमा ल्याउनेगरी राजनीतिक लेनदेनको पहल थालेका हुन् । त्यसका लागि ओलीनिकटस्थहरुले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल अगाडि बढाएका छन् । तर, नेपालले सकारात्मक जवाफ नदिइसकेको बुझिएको छ । नेपाल ओलीलाई दुवै पदबाट हटाउने रणनीतिका साथ अगाडि बढेका छन् । उनको कदमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक रुपमा ओलीविरुद्ध प्रस्तुत भइरहेका छन् ।

नेकपाभित्र ओलीलाई तीन दिनको अल्टिमेटम दिएर २० मंसिरका लागि सचिवालय बैठक बोलाइएको हो । उक्त अवधिभर ओलीले नयाँ राजनीतिक अस्त्रका रुपमा माधव नेपाललाई अध्यक्ष छाड्ने विकल्प भित्री रुपमा सार्न लागेको बुझिएको छ ।

ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका थिए । तर, उनले नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्त राखेका हुन् । ओलीले प्रधानमन्त्री पद भने छाड्ने कतै उल्लेख गरेनन् । ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।

नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय छन् । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गर्दै आएका छन् । ओली पनि एक पद छाड्न सकारात्मक बन्दै गएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
यस्तो छ कारागारमा महराको दैनिकी
यस्तो छ कारागारमा महराको दैनिकी
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !
निर्मला पन्त हत्या प्रकरण: आफ्नो हत्या हुन सक्ने भन्दै छानबिन समितिका सदस्यले दिए राजीनामा
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै