अंगुरले कुकुरको ज्यान लिन सक्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
५० पटक हेरिएको
Shares
अंगुरले कुकुरको ज्यान लिन सक्छ

सारांश

  • घरमा कुकुर पाल्न मन पराउने धेरै मानिस छन् ।
  • कतिपयले कुकुरलाई परिवारको सदस्य जस्तै व्यवहार गर्छन् ।
  • तर, धेरैलाई थाहा नहुन सक्छ कि केही यस्ता चीज छन् जुन कुकुरलाई खान दिन हुँदैन ।

घरमा कुकुर पाल्न मन पराउने धेरै मानिस छन् । कतिपयले कुकुरलाई परिवारको सदस्य जस्तै व्यवहार गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ कि केही यस्ता चीज छन् जुन कुकुरलाई खान दिन हुँदैन ।

अंगुर
अंगुर वा किसमिस कुकुरको लागि खतरनाक हुन्छ । अंगुर र किसमिस खानाले कुकुरको मिर्गौला फेल हुन सक्छ । यी चीज खादा कुकुर सुस्त हुने भएकाले धेरै खतरा हुन्छ ।
बदाम
जाडोमा बदाम धेरै खाइन्छ । तर, कुकुरलाई बदाम खान गाह्रो हुन्छ । मानिसले जसरी चपाउन नसक्ने भएकोले बदाम अड्किएर सास नलीमा समस्या हुनसक्छ । त्यसैले कुकुरलाई बदाम  दिनु हुँदैन।
लसुन
कुकुरको लागि लसुन विष सरह नै मानिन्छ । यसले कुकुरलाई एनीमियाको रोग बढाउन सक्छ । लसुन खादा चक्कर आउने र बेहोस गराउन पनि सक्ने हुनाले लसुनबाट टाढा राख्नुपर्छ ।
आइसक्रिम
पाल्तु कुकुरलाई आइसक्रिम दिनु गल्ती हो । यसले डायरीया हुनसक्छ । आइसक्रिम को सट्टामा आइसक्युब्स दिन सकिन्छ ।
चकलेट
कुकुरलाई चकलेट दिनुहुँदैन । चकलेटले विस्तारै पाचन शक्तिको खराब गराइएदिएर मृत्युको मुखमा पु-याउँछ  ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ