प्रदेश न ३ को आर्थिक बिधेयक सर्बसम्मतिले पारित
सारांश
- हेटौडा,२२ असार ।
- प्रदेश न ३ मा आ ब २०७५/२०७६ मा पेश भएको आर्थिक बिधेयक सर्बसम्मतिले पारित भएको छ।
- प्रदेश सभामा बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको आर्थिक बिधेयक सर्बसम्मतिले पारित गरेको हो।
हेटौडा,२२ असार । प्रदेश न ३ मा आ ब २०७५/२०७६ मा पेश भएको आर्थिक बिधेयक सर्बसम्मतिले पारित भएको छ।
प्रदेश सभामा बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको आर्थिक बिधेयक सर्बसम्मतिले पारित गरेको हो।
छलफलको क्रममा बिधेयकमाथि १२ जना संसदहरुको मिश्रीत प्रतिक्रीया आएको थियो। आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सरकारको तर्फबाट सांसदहरुको प्रश्न तथा सुझाबहरूबारे सरकारको तर्फबाट जबाफ दिएका थिए।
सांसदहरुले करको बिषयमा धेरै प्रश्न गरेपछि आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बिषयमा आफुले करको बिषयमा आएको सुझाबहरुलाई गम्भीर भइ विधेयकमा सम्बोधन गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।
छलफलमा धेरै सकारात्मक सुझाबहरु आएका र त्यसलाई मूल दस्ताबेजको रुपमा समाबेस गरिने मन्त्री ढुंगेलले बताउनु भयो।
बैठकले कर तथा गैर कर राजस्व उठाउन लगाउन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक बहुमतले स्वीकृत गरेको छ।
प्रतिक्रिया