एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो

सारांश

  • नेकपाएमालेको स्थायी कमिटी बैठकले १९ जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि सिफारिस भई आएका नामको टुंगो लगाएको छ।
  • अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अाइतबार बसेको बैठकले ती जिल्लाबाट सिफारिस भई आएका जिससका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको पार्टी सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
  • भक्तपुरमा प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर, रामेछापका प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रिन, रसुवाका प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरका प्रमुखमा रघुनाथ खलाल र उपप्रमुखमा भगवती पुडासैनी तथा डोल्पाका प्रमुखमा शेरबहादुर बुढाको नाम सिफारिस भएको छ ।

नेकपाएमालेको स्थायी कमिटी बैठकले १९ जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि सिफारिस भई आएका नामको टुंगो लगाएको छ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अाइतबार बसेको बैठकले ती जिल्लाबाट सिफारिस भई आएका जिससका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको पार्टी सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। भक्तपुरमा प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर, रामेछापका प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रिन, रसुवाका प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरका प्रमुखमा रघुनाथ खलाल र उपप्रमुखमा भगवती पुडासैनी तथा डोल्पाका प्रमुखमा शेरबहादुर बुढाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सल्यानका उपप्रमुखमा कुलबहादुर गिरी, कालीकोटका प्रमुखमा पे्रमबहादुर शाही र उपप्रमुखमा सरिता आचार्य, जाजरकोटका प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाही, हुम्लाका उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतका प्रमुखमा टोपबहादुर राजकोटी र उपप्रमुखमा दीपा मल्ल, मुगुका प्रमुखमा पूर्णबहादुर रोकाय र उपप्रमुखमा कणशिला मल्ल, खोटाङका प्रमुखमा बबी चाम्लिङ र उपप्रमुखमा गोमा खत्री, इलामका प्रमुखमा गणेश बराल र उपप्रमुखमा चित्रकला बराइली तथा बझाङका प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशीको नाम उम्मेदवारीका लािग टुंगो लगाइएको छ ।
काभ्रे जिल्लाका लागि सिफारिस भएकामध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी उम्मेदवारको टुंगो लगाइने जिम्मा प्रदेश नं ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको छ। कतिपय जिल्लामा भने विभिन्न दलसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग रायपरामर्श गरी पार्टी केन्द्रसँग पूर्वस्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय एमालेले गरेको छ
बैठकले कतिपय जिल्लामा मनोनयन प्रक्रिया चलिरहेका अवस्थामा उम्मेदवार सर्वसम्मत बनाउन सम्बन्धित प्रदेश कमिटीका इञ्चार्जलाई जिम्मा लगाउने निर्णय गरेको छ।
बैठकमा पार्टी अध्यक्ष ओलीले चीनको तिब्बत भ्रमणका क्रममा त्यहाँको सरकारका उच्च अधिकारीसँग भएको भेट र छलफलका बारेमा जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
याे हाे ३ लाख डलर को अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेपाली संस्था
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
Himansh Kohli accepts his love for Neha Kakkar on the sets of ‘High Fever Dance Ka Naya Tevar’
Himansh Kohli accepts his love for Neha Kakkar on the sets of ‘High Fever Dance Ka Naya Tevar’
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ