ओली ब्याक भएकै हुन् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
ओली ब्याक भएकै हुन् ?

सारांश

  • काठमाडौं, २८ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास सकारात्मक दिशातर्फ बढेको छ ।
  • पार्टी बैठकमै नआउने अडान लिएका ओली आज बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुँदैछन् ।

काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास सकारात्मक दिशातर्फ बढेको छ । पार्टी बैठकमै नआउने अडान लिएका ओली आज बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुँदैछन् ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जानकारी दिए । हिजो प्रचण्डलाई भेटेर ओलीनिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले सहमतिको बिन्दुका बारेमा छलफल गरेका थिए । ओलीको सन्देश लिएर पोखरेल प्रचण्डलाई भेट्न पुगेका थिए । प्रचण्डको जवाफपछि ओली बैठकमा आउन सकारात्मक भएको बुझिएको छ ।

यसअघि ओलीले पार्टी सचिवालयमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्दै आएका थिए । उनले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा नजाने अडान राखेका थिए ।

ओली बैठकमा सहभागी हुने भएपछि नेकपा विवाद समाधानोन्मुख भएको अर्थ लगाउन थालिएको छ । पछिल्लो समय ओलीले प्रचण्डसँग सहमति निकाल्न प्रयास गर्दै आएका छन् । कतिपयले ओली बैठकमा सहभागी हुनुलाई उनीमाथि दबाब बढेकाले वाध्यता बनेको समेत विश्लेषण गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?