भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेलको तयारीमा महिला राष्ट्रिय टोली

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेलको तयारीमा महिला राष्ट्रिय टोली

सारांश

  • काठमाडौँ,माघ ।
  • साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
  • अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

काठमाडौँ,माघ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का र म्यानमा सहभागी हुनेछन् । दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रुपमा लिएको छ ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ । यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल सङ्घसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ ।

साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश, पाकिस्तान र भूटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपाली टोलीका प्रशिक्षक खड्काले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले टोलीको मनोबल बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा
छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !
छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
नारायणी किनारमा नेपथ्यको ब्यान्ड, अमृत गुरुङले उफारे 
नारायणी किनारमा नेपथ्यको ब्यान्ड, अमृत गुरुङले उफारे 
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
भारतीय अभियुक्त छुटाउन  प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड  गाेली चल्याे !
भारतीय अभियुक्त छुटाउन प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड गाेली चल्याे !
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन