काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता

सारांश

  • काठमाडौँ, २२ मंसिर : काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।
  •   बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
  • काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो ।

काठमाडौँ, २२ मंसिर : काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।

 

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा (एमाले) का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा सूर्यराज आचार्यले ४२४ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकत डम्बरप्रसाद काफ्लले जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । क्षेत्र नं ३ को भने प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?