विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

सारांश

  • विराटनगर १४,बैशाख ।
  • विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
  • विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने  २६ बर्षका डेनी भनिने दनिल राईलाई  पक्राउ गरेको हो ।

विराटनगर १४,बैशाख । विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने  २६ बर्षका डेनी भनिने दनिल राईलाई  पक्राउ गरेको हो ।

राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औषध नियन्त्रणमा लिएको हो । राईले डाईजेल्याव १५, लुपिजेसिक १५, फेनारगन १५, र एभिल १५ एम्पुल गरी जम्मा ६० एम्पुल बोकेर बिमान चढ्न जाने क्रममा चेकजाँच गर्दा उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई मोरङ जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?