गोरखा पूर्ण खोप सुनिश्चित जिल्ला
सारांश
- राजेन्द्र न्यौपाने गोरखा, १७ फागुन ।
- गोरखा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला भएको छ ।
- आज आयोजित कार्यक्रममा प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखा जिल्लालाई ३७ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।
राजेन्द्र न्यौपाने
गोरखा, १७ फागुन । गोरखा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला भएको छ । आज आयोजित कार्यक्रममा प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखा जिल्लालाई ३७ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । मुख्य मन्त्री गुरुङले प्रदेश नम्बर ४ लाई समृद्ध प्रदेश बनाउन आफू सहितको टीम लागि परेको बताए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा, उद्योग तथा वाणिज्य मन्त्री रामशरण बस्नेत, राजनैतिक पार्टीका नेताहरु लगायतले मन्तव्य राखेका थिए । जिल्ला समन्वय समितिका अध्यक्ष अशोक कुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । गोरखा जिल्लामा रहेका दूई वटा नगरपालिका र ९ वटा गाउँपालिका सबै खोप सुनिश्चित भएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नवराज खड्काले बताए ।
प्रतिक्रिया