प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
सारांश
- नेपालगञ्ज, ७ चैत , प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश विकासको सम्भावना खोजी गर्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
- नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन राप्ती, भेरी र कर्णाली क्षेत्रीय समितिले आज यहाँ जलविद्युत् विकासको स्थिति, सम्भावना, समस्या र समाधानका उपायका विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्युत् आपूर्ति सहज बनाउन प्रदेश सरकारले छिट्टै आवश्यक नीति निर्माण गर्नेछ भन्नुभयो ।
- मन्त्री चौधरीले प्रदेश सरकारले सहज विद्युत् आपूर्तिका लागि ठोस योजना सञ्चालनका हेतु आवश्यक गृहकार्य पनि शुरु गरेको छ भन्नुभयो ।
नेपालगञ्ज, ७ चैत , प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश विकासको सम्भावना खोजी गर्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन राप्ती, भेरी र कर्णाली क्षेत्रीय समितिले आज यहाँ जलविद्युत् विकासको स्थिति, सम्भावना, समस्या र समाधानका उपायका विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्युत् आपूर्ति सहज बनाउन प्रदेश सरकारले छिट्टै आवश्यक नीति निर्माण गर्नेछ भन्नुभयो ।
मन्त्री चौधरीले प्रदेश सरकारले सहज विद्युत् आपूर्तिका लागि ठोस योजना सञ्चालनका हेतु आवश्यक गृहकार्य पनि शुरु गरेको छ भन्नुभयो । अन्तक्र्रियामा प्रदेश ५ का बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम रोल्पा र प्यूठान जिल्लाका नेपाल विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको सहभागिता थियो ।
अन्तक्र्रियामा सहभागी कार्यालय प्रमुखले आआप्mनो जिल्लाको विद्युत् आपूर्तिको वस्तुगत अवस्थाका विषयमा मन्त्री चौधरीलाई जानकारीसमेत गराउनुभएको थियो ।
प्रतिक्रिया