प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने

सारांश

  • काठमाडौं।
  • सरकारले प्रदेशमा खटिने कर्मचारीको विवरण तयार पारेको छ ।
  • नयाँ संवैधानिक व्यवस्था अनुसार प्रादेशिक संरचना निर्धारण हुने वित्तिकै त्यहाँका मन्त्रालयहरुमा खटाउने कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालयले बनाएको हो ।

काठमाडौं। सरकारले प्रदेशमा खटिने कर्मचारीको विवरण तयार पारेको छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रादेशिक संरचना निर्धारण हुने वित्तिकै त्यहाँका मन्त्रालयहरुमा खटाउने कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालयले बनाएको हो ।

प्रत्येक प्रदेशमा रहने मन्त्रालयको नेतृत्व सह–सचिवले गर्नेछन् भने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको नेतृत्वका लागि सचिव खटाइने छ । उक्त व्यवस्था अल्पकालीन हुने भन्दै विज्ञहरुले कर्मचारी सामायोजन नियमावली छिटो पारित गरेर स्थायी रुपमै प्रदेशमा कर्मचारीको व्यवस्था गर्न आग्रह गरेका छन् ।

अधिकार सम्पन्न संघीय प्रशासन पुनर्संरचना समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिए अनुसार प्रदेशमा रहने मन्त्रालयको संख्याका आधारमा सामान्य प्रशासन मन्त्रालयले ७ वटा मन्त्रालयका लागि अस्थायी रुपमा कर्मचारी खटाउने खाका तयार पारेको जनाएको छ । तर सरकारले समितिको प्रतिवेदन पारित गर्न भने बाँकी नै छ ।

मुख्यमन्त्रीको कार्यालयमा सचिवले र मन्त्रालयमा सहसचिवले नेतृत्व गर्ने गरि ठूलो मन्त्रालयमा ९० जना सम्म र सानोमा ३५ जना सम्म खटाइने छ । यसरी २ हजार भन्दा बढी कर्मचारीको विवरण तयारी अवस्थामा राखिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

(www.newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?